राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रधानमन्त्रीबाट उद्घाटन
आर्थिक परिवेश

   १३ साउन धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको छ । भव्य समारोहबिच उहाँले रानी जमरा कुलरिया सिचाई आयोजना तर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ योजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । आजै प्रधानमन्त्री ओलीले कर्णाली चिसापानीमा रहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको मूल इन्टेकको स्थलगत निरीक्षण गर्नुभयो । समारोहमा मुख्यमन्त्री कमल बहादुर शाह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का लगायतको उपस्थिति रहेको थियो । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ३८ हजार ३ सय हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा…

सूचना प्रविधि सम्बन्धी साताव्यापी प्रदर्शनी आइतवार काठमाण्डौमा सम्पन्न
आर्थिक परिवेश

०४साउन,काठमाण्डौ ।    सूचना प्रविधि सम्बन्धी साताव्यापी प्रदर्शनी आइतवार काठमाण्डौमा सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता’ भन्ने नाराका साथ सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूलेविकास गरेका सफ्टवेयर, एआईमा आधारित उपकरण,साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) मा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, आपतकालिन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नविनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले निर्माण गरेको ‘एआई सीसी क्यामेरा‘सिस्टम’प्रति अभिभावकहरू एवं अवलोकनकर्ताहरुको गहिरो चासो देखिएको कलेका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेट्याे
आर्थिक परिवेश

 २१ असार  काठमाडौँ ।     नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले  प्रधानमन्त्रीलाई भेटेकाे हाे । प्रतिनिधिमण्डलले  आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए । प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गर्नु…

भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
आर्थिक परिवेश

  २० असार,    काठमाडौँ ।   उपप्रधानमन्त्री ए वं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तासँग आज मन्त्रालयमा भएको भेटमा उहाँले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गर्नुभएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । हाम्रा नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान गरी अघि बढ्नुहोस्, सरकार आवश्यक सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।” प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत् , पूर्वधार, वातावरण,…

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक, कहाँ कहाँबाट हेर्ने
आर्थिक परिवेश

१३ असार, काठमाडौं ।    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अनुसार…