
गण्डकी प्रदेशमा छ वर्षमा ६३ झलुङ्गे पुल निर्माण सम्पन्न १० निर्माणकाे क्रममा
आर्थिक परिवेश०६ असार,पाेखरा, गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित भएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा रहेका छन् । प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीमा सहज पहुँच पुरयाउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता…

विश्व बैंकले परिर्वतन गरयाे नेपाल निर्देशक डेभिड सिस्लेन नियुक्त, जर्भोसको बिदाइ
आर्थिक परिवेश०३ असार, काठमाडाै । विश्व बैंकले नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्न अाउनु भएकाे हाे । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ। उहाँ सँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ। नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नु हुनेछ।…

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बीच भेटवार्ता
आर्थिक परिवेश०२ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री दाहालले दुई देशबीच भएको…

११ महिनामा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै
आर्थिक परिवेश०२ असार,काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको छ । यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बजेट खर्च हुदाँ विकास खर्च भने ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । उक्त बजेटमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकोमा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर मात्रै…

नुवाकाेटकाे रातामाटेमा एमसिसीले चार सय केभी सबस्टेसन बनाउन भारतीय कम्पनीसगँ सम्झौता
आर्थिक परिवेश०१ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न सम्झौता गरेको छ । भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सबस्टेसन निर्माण गर्न सम्झौता गरेको एमसिए नेपालले जनाएको छ । सम्झौता संगै ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिने छ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका…