बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री
आर्थिक परिवेश०९ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ। बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।” जग्गा अधिग्रहण गरी मुआब्जासमेत बितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल…
स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपजकाे संरक्षण गर्नुपर्नेमा जोड
आर्थिक परिवेश०५ माघ, काठमाडौँ । स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिनु भएकाे छ । दोस्रो राष्ट्रिय कृषि जैविक दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीकाे उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मुलुककाे आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयाे । मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिंदै त्यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने बताउनु भयाे । कृषि मन्त्री डा. भुसालले कृषि क्षेत्रमा रहेका…
विकास र समृद्धिको आधार जलविद्युत् भएकाले त्यसलाई समन्वयात्मक रूपमा अघि बढाउनु पर्छ : विज्ञहरू
आर्थिक परिवेश०४माघ, काठमाडौँ । देशकाे विकास र समृद्धिको आधार जलविद्युत् भएकाले त्यसलाई समन्वयात्मक रूपमा अघि बढाउनु पर्नेमा बिहिवार काठमाडाैंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिनु भएकाे छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा जलविदयुत क्षाेत्रका लागानीकर्ताहरूले लगानीकाे लागि उपयुक्त वातावरणा निर्माणामा सरकारले थप गम्भीरता देखाउनु पर्नेमा जाेड दिनु भयाे । कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयाे । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्न…
शेयर बजार परिसूचक २१६३.०६ विन्दुमा झर्याे काराेवार भने करिव १० अर्ब नजिक
आर्थिक परिवेश०३ माघ, काठमाडाैं । बुधबार नेपाली शेयर बजारकाे काराेवारमा तिब्र उतारचढावका बीच अन्त्यमा घटेकाे छ। सुरुवाती समयमा बढेर परिसूचक २२०० अंक माथि पुगेकोमा अन्तिममा घटेर भएर बन्द भएको हाे । बुधबार नेप्से सूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको भए पनि बिक्री चाप बढ्दा सूचक टिक्न सकेन । यस दिन बजार २२०० माथिकाे बिक्री चाप थेग्न नसक्दा बजार झरेको हो। बुधबार कारोबार रकम पनि बढेको छ। मंगलबार ८ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम २७ महिना यताकै उच्च…
सरकारका तर्फबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने
आर्थिक परिवेश२९ पुष, काठमाडौँ । निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आइतवार सम्पन्न छलफल पछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रियालाइ आजै अगाडि बढाउने निर्णय भएको हो । छलफलमा प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीको गत आर्थिक वर्षकाे तथा चालु आवको अहिलेसम्मको दायित्व भुक्तानीको प्रक्रिया अगाडि बढाउन सम्वदध निकायहरूलाइ र्निदेशन दिनु भ्एकाे हाे । अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ सचिव डा कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि…