सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह
आर्थिक परिवेश१२ चैत्र काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो । सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैङ्कको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको…
जलाशययुक्त आयोजना निर्माणलाई जाेड दिएर काम अघि बढाएका छाैं : ऊर्जा मन्त्री बस्नेत
आर्थिक परिवेश११ चैत्र, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशययुक्त आयोजना निर्माणलाई जाेड दिएर काम अघि बढाएकाे बताउनु भएकाे छ । उहाँले मुलुककाे बढदाे उर्जाकाे माग र भएका अायाेजना अधिकांश नदिप्रवाहमा अाधारित भएकाेले जलाशयमुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ । गोरखामा शनिवार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिम खण्डमा नलगाड जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभयो । मन्त्री बस्नेतले पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको उल्लेख गर्नुहुँदै ऊर्जा सन्तुलनका लागि भए पनि जलाशययुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो ।
दोस्रो चौमासिक अवधिसम्ममा एक खर्ब ३७ अर्बभन्दा बढी बजेट घाटा
आर्थिक परिवेश१० चैत्र, काठमाडौं। मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा बिस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले एक खर्ब ३७ अर्बभन्दा ठूलो बजेट घाटा व्यहोरेको छ । गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनाको अवधिमा सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ३७ अर्ब ७४ करोड ९९ लाख बढी छ । कार्यालयका अनुसार यो आठ महिनामा कूल छ खर्ब ६३ अर्ब ८३ करोड २९ लाख…
वित्त आयोगबाट बजेटका लागि वित्तीय समानिकरण अनुदानको परिमाण सिफारिश
आर्थिक परिवेश१० चैत्र,काठमाडौ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक बर्षको संघीय बजेट मार्फत प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय समानिकरण अनुदानको परिमाण निर्धारण गरी सरकारलाई सिफारिश गरेको छ । आयोगले विभिन्न ११ वटा सूचकहरुको आधारमा मूल्याड.कन गरी आर्थिक बर्ष २०८१।२०८२ का लागि नेपाल सरकारले उपलब्ध गराउने वित्तीय समानिकरण अनुदान प्रदेशहरुको हकमा ६० अर्ब र ७५३ स्थानीय तहहरुको हकमा ८८ अर्ब गरी कुल १ खर्ब ४८ अर्ब रकम विनियोजन गर्न सरकारलाई सिफारिश गरेको हो । अनुदान रकम सिफरिश गर्दा आयोगले न्युनतम अनुदान र शुत्रमा आधारित अनुदान गरी कम्तीमा ६ करोड ५० लाख प्राप्त हुने गरी स्थानीय सरकारहरुको आन्तरिक राजस्वको…
विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निम्ताे
आर्थिक परिवेश१० चैत्र, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गर्नुभएको छ । बैंकका उपाध्यक्ष त्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुभएको हो । औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिनुभएको हो । भर्चुअल बैठकमा अर्थमन्त्री पुनले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत…