ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौ‌‌ प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

३० चैत्र, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न लगानी बोर्डलाई आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री  दाहालले त्यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ । ’ उहाँले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेको औंल्याउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो…

बैङ्कको ब्याजदर वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगे : मुख्यमन्त्री कार्की
आर्थिक परिवेश

२९ चैत्र, माेरङ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैङ्कको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डार गृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो…

अर्थमन्त्री र विश्व बैंककाे दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच वार्ता
आर्थिक परिवेश

२९ चैत्र, काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंककाे दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच बुधवार टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएकाे थियो । आगामी जुन महिनामा नेपालमा हुने डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि गरी प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत टेलिफोन वार्ता  भएको छ । विशेष गरी पूर्वाधार विकासमा विश्व बैंककाे सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले…

नेपाल भारत बीच आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारु तय
आर्थिक परिवेश

 ४ चैत,काठमाडौं । नेपाल–भारतबीचको विद्युत आदान प्रदान समितिको  बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि  मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४ औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो । ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र…

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

३० फागुन, काठमाडौं।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आयाेजित नेपाल–चाइना विजनेस फोरम–२०२३ लाई सम्बोधन गर्नुहुँदै उहाँले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । उहाँले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पार्नुभयो…