नेपालमा युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने
आर्थिक परिवेशकाठमाण्डौ । सरकार र निजि क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते काठमाडौंमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ । नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ को शिर्ष प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गर्ने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजि क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा सिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरे बीच शिर्ष प्रायोजनका लागि तयार पारिएकाृे…
साउनमा मात्रै ३८ अर्ब १६ करोड २८ लाख विदेशी लगानीको प्रतिवद्धता
आर्थिक परिवेशकाठमाडौँ ।चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी निकै उत्साहजनक रुपमा आएको देखिएको छ । साउन महिनामा नेपालमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानीका २४ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगहरूमध्ये ९ वटा प्रत्यक्ष विदेशी लगानीका उद्योगहरू अनलाइनको माध्यमबाट दर्ता भएका छन् भने १५ वटा स्वदेशी लगानीका उद्योगहरू रहेका छन् । ती उद्योगहरूले ३८ अर्ब १६ करोड २८ लाख ५० हजार लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । गत आर्थिक वर्षमा मझौला १९ वटा र साना ३९ वटा गरी ५८ उद्योगमा १८ अर्ब ५२ करोड २० लाख रुपैयाँको प्रत्यक्ष विदेशी लगानीले स्वीकृति पाएको थियो । ती…
निर्माण सुरु भएको १० बर्ष पछि भेडेटारमा खानेपानी
आर्थिक परिवेशधनकुटा । प्रदेश १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा लिफ्ट मार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । निर्माण सुरु भएको दश बर्ष पछि खानेपानी भेडेटार पुगेको हो । २०६९ सालमा केन्द्र संघीय सरकारको लगानीमा सुरु भएको आयोजनाको प्रदेश सरकारले जिम्मा लिएर एक दशक पछि निर्माण सम्पन्न गरेको हो । खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश १ सरकारका खानेपानी तथा उर्जा मन्त्री रामकुमार राइले सुस्त गतिमा भइरहेका अन्य आयोजना पनी चाँडो सम्पन्न गरि सञ्चालनमा ल्याउने बताउनु भयो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागीतामा ३ करोड ६७ लाख रुपैयाको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाको माध्यमबाट स्थानीय सिरीसे,…
४० बर्षका लागि पुग्ने १ करोड २७ लाख टन फलाम
आर्थिक परिवेशकाठमाण्डौ । नवलपरासीको धौवादीमा रहेको फलामखानी क्षेत्रमा अगामी ४० बर्षका लागि उत्खनन गर्न पुग्ने १ करोड २७ लाख टन फलामको धाउ रहेको पछिल्लो एक अध्ययनले देखाएको छ । धौवादी फलाम कम्पनी लिमिटेडले करिव ५ महिना समय लगाएर गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनले त्यसतो तथ्य पत्ता लगाएको हो । धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले पहिलो भन्दा पछिल्लो अध्ययनले २७ लाख टन बढी फलामको धाउ रहेको पत्ता लगाएको जानकारी दिनु भयो । फलाम खानी सञ्चालनमा आए पछि त्यहाँबाट दैनिक १५सय टन फलाम उत्पादन हुने र त्यसको लागि १ सय २५ मेघावाट विद्युत आवश्यक पर्ने देखिएको छ । फलाम उद्योग…
गहिरो अध्ययनका आधारमा विकासका काम अघि बढाउनु पर्नेमा जोड
आर्थिक परिवेशकाठमाडौँ । अर्थ शास्त्रीहरूले उत्पादनशील सम्पत्ति नेपालको आर्थिक विकासको मेरुदण्ड भएकोले त्यसका महत्त्वपूर्ण पक्षहरूको अध्ययन गरेर योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र केन्द्रिय विभागले शनिवार आयोजना गरेको नेपालमा २०७२ सालमा गएको भूकम्पलाई आधार बनाएर गरेको प्राकृतिक प्रकोप र सम्पत्तिको पुनर्स्थापना विषयक अध्ययनका सम्बन्धी छलफल कार्यक्रममा अर्थ शास्त्रीहरूले अध्ययनले भूकम्पका कारण ध्वस्त भएका सम्पत्तिहरूको क्षति, त्यसले समाजमा उत्पन्न गरेको आर्थिक र सामाजिक पक्षको गम्भीर अध्ययन गरी सरकारलाई मार्ग निर्देशन गर्नु पर्नेमा जोड दिनुभयो । त्यस क्रममा उहाँहरूले सरकार लगायतका अन्य निकायहरूले विश्व विद्यालयहरू मार्फत गहिरो अध्ययन र विश्लेषणका आधारमा विकास तथा निर्माणका काम अघि बढाउनु आवश्यक…