
नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच सेवा ७५ जिल्लामा पुग्याे
आर्थिक परिवेश०२ बैशाख, काठमाडौं I सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै स्थानीय तहमा उच्च गुणस्तरका दूरसञ्चार सेवा विस्तार गरिने बताउनुभएको छ । सिंहदरबार स्थित मन्त्रालयबाट आज भर्चुअल रुपमा डोल्पा जिल्लामा नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच नेटवर्कको उद्घाटन गर्दै मन्त्री शर्माले जिल्लाका सबै पालिकामा उच्च गुणस्तरको दूरसञ्चार सेवा उपलब्ध गराई क्रमशः वडा स्तरमा विस्तार गरिने बताउनुभयो । मन्त्री शर्माले निजी क्षेत्र जान नसक्ने जिल्लाहरूमा सरकारले सेवा दिनुपर्ने दायित्व भएकाले नाफा घाटा नहेरी जनताको सेवामा नेपाल टेलिकम लागि पर्नुपर्ने र सबै क्षेत्रले दायित्वबोधका साथ काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भौगोलिक…

जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने छ : अर्थमन्त्री
आर्थिक परिवेश२५ चैत्र, काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी रूपमा ल्याउने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आइतवार काठमाडाैमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको जानकारी दिनुभयो । यसबाट सबैको सुझाव समेटिएर कार्यान्वयन योग्य बजेट आउने उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट र मौद्रिक नीतिबीच सामञ्जस्यता हुनेगरी बजेट आउने पनि उहाँले स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत प्राथमिकता तय गर्दा नेपालको भू–राजनीतिक अवस्थिति, तुलनात्मकरुपमा…

सुनकाे मुल्य प्रतितोला एक लाख ३५ हजार छ सय पुग्याे
आर्थिक परिवेश२५ चैत्र, काठमाडौँ । नेपाली बजारमा बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक…

अर्थमन्त्री पुनद्वारा वीरगन्ज भन्सारको निरीक्षण चाेरी पैठारी नियन्त्रणमा जाेड
आर्थिक परिवेश२५ चैत,वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री नियुक्त भएको एक महिना पछि पहिलो भन्सारकाे विरगंज भन्सारबाट शुरू गर्नु भएकाे छ । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखेर छलपफल गर्नु भयाे । बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी हुनु भयाे । मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजश्व चुहावट नियन्त्रण गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिदैं चौरी पैठारी नियन्त्रण गर्दा राम्रा र वैध बाटोबाट काम…

सुनकाे मुुल्य ताेलामा एक हजार तीन सय रूपैयाले घट्याे
आर्थिक परिवेश२३ चैत्र, काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य शुक्रवार प्रतितोला एक हजार तीन सय रूपैयाले ओरालो लागेको छ । केही समय देखि लगातार बढने क्रममा रहेकाे सुनको मूल्यमा शुक्रवार भने घटेर काराेवार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छाप भएकाे सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयामा काराेवार भएकाे छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयामा कारोबार भएको तेजाबी सुन आजका…