इन्धनको मूल्य घट्याे एलपी ग्याँसको मूल्य भने यथावत
आर्थिक परिवेश

१४ असाेज ,काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा  छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा  दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

सुनकाे मुल्यमा नयाँ रेकर्ड ताेलाकाे १ लाख ६० हजार नजिक
आर्थिक परिवेश

०७ असाेज,   काठमाडौँ । सु नको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रवारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले वृद्धि भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको…

आइतवार  सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश

   ०६ असाेज काठमाडौँ । स्थानीय बजारमा आइतवार  सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको…

सुन तोलामा  एक हजार पाँच सयले वृद्धि
आर्थिक परिवेश

  ०४ असाेज काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।

सरकारले शुरू गरयाे चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर ७४ स्थानमा
आर्थिक परिवेश

०३ असाेज,काठमाडौँ ।   सरकारले  विजयादशमी,  नेपाल संवत्,  शुभ दीपावली र छठलगायतका चाड पर्वका अवसरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरू गरेकाे छ । देशका विभिन्न भागमा संचालन हुने सुपथ मुल्य पसलकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको काठमाडाैकाे थापाथलीस्थित प्राङ्गणमा सुपथ मूल्य पसल उद्घाटन गरेर शुभारम्भ गर्नु भयाे  । सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनु भयाे । उहाँले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताउनुभयो । चाडपर्वका अवसरमा बिहिवारदेखि देशका ७४…