नेपालले जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदान पाउने
आर्थिक परिवेश१७ असार, काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको उक्त वित्तीय प्रस्ताव बुधबार स्वीकृत गरेको हो । यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ । यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत विकास गरेको हो । कूल ९.२ मिलियन अमेरिकी डलर लगानी रहेको यस चार वर्षे पहलमा जिसिएफबाट ८.५ मिलियन अमेरिकी डलर अनुदान समावेश…
पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको निगमका दाबी
आर्थिक परिवेश१७ असार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । “पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ”, । काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो, “पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।” उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो । काठमाडौँ उपत्यकाका…
बन्द चिया उद्योगहरू पुनः सञ्चालन समस्या समाधान गर्ने सरकारकाे आश्वासन
आर्थिक परिवेश११ असार, काठमाडौं । सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा भएका छन् । भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू खुल्न थालेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनु भयाे । सरकारले माग सम्बोधन गर्न तदारुकता देखाएपछि उद्योगहरू सञ्चालन गर्ने निर्णय गरिएको गुप्ताले बताउनु…
चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले कार्यदल गठन गर्याे
आर्थिक परिवेश०९ असार, काठमाडौँ । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक रहनु भएकाे छ । त्यसै…
चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा पनि सेवा सुरु गरयाे
आर्थिक परिवेश२२ जेठ, काठमाडौं । विश्वकाे चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा पनि शुक्रबारदेखि औपचारिक रुपमै सेवा सुरु गरेको छ। शुक्रबार आफ्नो सेवा आधिकारिक रुपमा सुरु भएको उबर नेपालले घोषणा गरेको छ। नेपाल एसिया-प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ। उबरले नेपालमा चारपाङ्ग्रे सवारीका लागि उबर गो र उबर कन्फर्ट तथा दुईपाङ्ग्रे सवारीका लागि बाइक सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यसले यात्रुलाई सरल, भरपर्दो र सहज यातायात विकल्प प्रदान गर्नेछ। उबरकाे सेवा हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालित छ। नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्दै…