बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुन्छ : उर्जा मन्त्री बस्नेत
आर्थिक परिवेश

०५ भदौ ,चितवन ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्झौता यसै वर्ष औपचारिक रूपमा घोषणा समेत गरिने स्पष्ट पार्नुभयो । उहाँले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुने अवस्थामा पुग्न लागेको बताउनुभयो । वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको मन्त्री बस्नेतले जानकारीदिनु भयो । पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उहाँले हाल…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रूपैयाले बढयाे
आर्थिक परिवेश

३० साउन, काठमाडाै ।  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ। यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। समायोजन भएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने गरी मुल्यवृदि गिरएकाे हाे ।

सय किलाे बढी भनिएकाे सुन ६० किलो सात सय १६ ग्राम कायम
आर्थिक परिवेश

३० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रूपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । तर मंगलवार उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट सुन बरामद गरेको…

कागवेनिमा डरलाग्दाे बाढी १० घर सहित निर्माणाधीन पक्की पुल बगायाे
आर्थिक परिवेश

२९ साउन, म्याग्दी ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती  १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ । गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे काग खोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय घरधुरी रहेको कागबेनीको बिच बस्तीमा काग खोलाको बाढी पसेको छ । आइतबार राती ८ बजे भारी वर्षापछि काग खोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो उहाँले भन्नुभयो,‘‘१० वटा घर,निर्माणाधीन एउटा पक्की पुल र सडक बगाएको खबर आएको…

ज्वेलरी शो २०२३’ सम्पन्न ब्यापार प्रवर्द्र्धन तथा प्रविधि हस्तान्तरणमा फलदायी : महासंघ
आर्थिक परिवेश

२८ साउन,मुम्वई भारत ।  भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा विदाई गर्नुभएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले मेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत…