सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित छ : राष्ट्र बैंक
आर्थिक परिवेश

०८ फागुन, काठमाडाैं  ।   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार एक प्रेस विज्ञप्ती प्रकाशित गरी बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी…

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु
आर्थिक परिवेश

०५ फागुन, काठमाडौं ।  स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उहाँले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सतहत्तर वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उहाँको भनाइ थियो । मन्त्री महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गर्नुभयो । “लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ…

प्रिमियम शतप्रतिशत सरकारले दिंदा पनि सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेन
आर्थिक परिवेश

०२ फागुन, काठमाडौं । बीमा कम्पनी गाउँमा पुग्न नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । कृषि बीमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न नसकेको हो । कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बीमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताउनुभयो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकभर कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गराउनेको सङ्ख्या ७० हजार सात…

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा
आर्थिक परिवेश

२३ माघ,काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएकाे देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा  १५ खर्ब ३९ अर्ब ३६ करोड रूपेया बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा  १८ खर्ब १६ अर्ब ५७ करोड रूपैया  पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक…

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
आर्थिक परिवेश

४ माघ, काठमाडौं ।  सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्काे बुधवार बसेको  बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनु भयाे  । समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहनु भएकाे छ। २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । धितोपत्रबजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो । राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने…