परिसूचक तथा कारोवार रकम पनि उल्लेख्य रुपमा बढ्यो
आर्थिक परिवेश

२४ बैशाख, काठमाण्डौ ।   नेपाली शेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । यस दिन बजारको परिसूचक ६२.२५ अंकले बढेर परिसूचक २६७३.६९ बिन्दुमा पुगेको छ । अघिल्लो साताको आइतवार बढेर त्यस पछि क्रमश घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलवार सामान्य अंकले बढेको थियो भने बुधवार परिसूचक तथा कारोवार रकम दुवै उच्च अंकले बढेको छ । बुधबार ३ सय ८ कम्पनीहरुका २ करोड ७२ लाख ४५ हजार कित्ता सेयरहरु १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयामा किनबेच भएका छन् । बुधवार सबै उपसमूहको मूल्य बढेको छ ।

साताकाे अन्तयमा शेयर बजारमकाे काराेवारमा सुधार
आर्थिक परिवेश

 ११ बैशाख,काठमाडौँ ।   अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार बिहिवार भने दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । यस दिन कूल ८३ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले…

नेप्से परिसूचक सात अङ्कले बढ्यो
आर्थिक परिवेश

०३ बैशाख काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा  सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य…

विश्वका ठूला शेयर बजारहरुको कारोवार ओरालो कस्ताे हाेला अर्थतन्त्रमा असर
आर्थिक परिवेश

२४ चैत्र,काठमाडौ ।   पछिल्लो समय विश्वका ठूला शेयर बजारहरुको कारोवार ओरालो लागेको छ् । अमेरिका, जापान, बेलायत, भारतका शेयर बजारहरुको कारोवार अमेरिकी राष्ट्रपतिको कर सम्बन्धी नयाँ नीतिका कारण क्रमश घटेका छन् । हालै अमेरिकाबाट आयात हुने वस्तुमा चीनले ३४ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि शुक्रबार अमेरिकी सेयर बजारमा ठूलो गिरावट भएको छ । त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुमा अतिरिक्त ३४ प्रतिशत कर लगाउने घोषण गर्नु भएको थियो । अमेरिकी स्टक मार्केट नास्डाक शुक्रबार एकै दिन ५.८ प्रतिशतले घट्यो । विगत एक महिनामा यो सूचक १५.९८ प्रतिशत घटिसकेको छ । करिब डेढ महिनामा यो सूचक २२ प्रतिशतले…

शेयर बजारमा सुधार परिसूचक २६९३ अ‌कमा
आर्थिक परिवेश

  १७ चैत्र काठमाडौँ ।    यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२ कित्ता शेयर ७६ हजार तीन सय ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५६ करोड ८२ लाख २६ हजार एक सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज म्युचुअल फण्ड उपसमूहको उपसूचक शून्य दशमलव १५ र व्यापार समूह…