शेयर बजारको परिसूचक नेप्से उच्च अङ्कले घट्याे
आर्थिक परिवेश

१० फागुन, काठमाण्डौ ।    साताको पहिलो कारोवार दिन आइतवार नेपाली शेयर बजारको परिसूचक (नेप्से) उच्च अङ्कले घटेको छ । यस दिन परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आइतवार शेयर बजारमा ३२४ कम्पनीहरुका १ एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयरहरु ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयामा किनबेच भएका छन । यस दिन सबै समूहका उपसूचकहरु रातै भएका छन् । सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ भने कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
आर्थिक परिवेश

 २५ माघ,  काठमाडौँ ।    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा  ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज लगानी समूह शून्य दशमलव ०८ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव १४, विकास…

परिसूचक सामान्य अङ्कले घट्दा काराेवार साढे छ अर्ब नजिक
आर्थिक परिवेश

२८ पुष, काठमाण्डौ ।   साताको पहिलो कारोवार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ । यस दिन नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । सोमवार नेप्से परिसूचक घटे पनि बजारको कारोवार रकम भने उच्च अंकले बढेको छ । सोमवार बजारमा ३३३ कम्पनीहरुका को एक करोड २३ लाख १० हजार कित्ता शेयरहरु छ अर्ब ४७ करोड २६ लाख ८ हजार रुपैयामा किनबेच भएका छन् । सोमवार बजारमा विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्डका उपसूचकहरु सामान्य बढेका छन भने अरु सबै समूहका उपसूचकहरु घटेका छन्…

पूँजी बजार र विद्युत उत्पादन क्षेत्रको विकासमा काम गर्न कार्यदल गठन
आर्थिक परिवेश

२५ पुष, काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोग बीच नेपालको पूँजी बजार र विद्युत उत्पादन क्षेत्रको समग्र विकास र स्थायित्व सुदृढ बनाउने विषयमा छलफल भएको छ । खुमलटारस्थित बोर्डको कार्यालयमा भएको संयुक्त बैठकमा मुख्य रूपमा पूँजी बजारमार्फत विद्युत उत्पादन परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्य कायम गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो। दुवै निकायका प्रतिनिधिहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकतामा सहमति जनाएका छन्। बैठकमा बोर्ड र आयोगका प्रमुखहरूले पूँजी बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसरहरू विस्तार गर्ने र विद्युत उत्पादन तथा पूँजी बजारबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले दुवै निकायबीच…

शेयर बजारको परिसूचक २८ दशमलव ७३ अङ्ककले बढ्याे
आर्थिक परिवेश

२१ पुष, काठमाण्डौ ।    सोमवार नेपाली शेयर बजारको परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । सोमवार विभिन्न ३३५ कम्पनीहरुका एक करोड २४ लाख ६० हजार कित्ता शेयरहरु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ । यस दिन परिसूचक संगै बजारको कारोवार रकममा पनि सुधार भएको छ ।  सोमवारको  कारोबारमा सबै समूहका उपसूचक बढेका छन् । यस दिन बजारमा विभिन्न ५ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर दुई दशमलव ४९ प्रतिशतले घटेको छ…