
आँखा शिविरबाट करिव ४ सय आभान्वित
आर्थिक परिवेश१९ जेठ, काठमाडौं । काठमाण्डौको हाडिगाँउमा शनिवार ४ सय जनाले निशुल्क आँखा जाँच गराएका छन् । हाँडिगाउस्थित कैलाशकुट सामाजिक अभियानद्धारा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौ महानगरपालिका वडा नम्वर ५ को कार्यालय परिसरमा संचालित आँखा शिविरमा बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म करिव ४ सय जना स्थानीयले निशुल्क आँखा उपचार सेवा प्राप्त गरेका छन् । आँखा शिविरमा तिलगंगा आँखा अस्पतालका डा विरेन्द्र महत नेतृत्वको ५ सदस्यीय चिकित्सक टोली परिचालन भएको थियो । शिविरमा अाँखा परीक्षण पछि चस्मा र औषधी निशुल्क रुपमा वितरण गरिएको र कतिपय विरामीलाई थप उपचारको लागि तिलगंगा आखाँ अस्पतालमा आउन परामर्श प्रदान गरिएको अभियानका सचिव गणेशबहादुर…

१८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बजेट आयाे
आर्थिक परिवेश१५ जेठ, काठमाडौ । संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको छ । संसदको आजको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड , पूजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वितीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम निनियोजन गरेको बताउनु भयो । प्रस्ततु बजेटको कुल विनियोजीत रकम मध्ये चालुतर्फ ६१.३१ प्रतिशत, पुजीगततर्फ १८.९४ प्रतिशत र वितीय व्यवस्थापनतर्फ १९.७४ प्रतिशत रकम विनियोजन भएको छ ।

कार्यदलले प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझायाे
आर्थिक परिवेश१५ जेठ, काठमाडाैं । सरकारले गठन गरेकाे संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएको छ । उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीज्यूको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री दाहालले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

प्रदेशकाे विकासका लागि सडक पूर्वाधार विकासमा जाेड दिइन्छ : मुख्यमन्त्री कँडेल
आर्थिक परिवेश१४ जेठ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका लागि सडक पूर्वाधार नै विकासको पहिलो खुट्किलो भएको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आयोजना गरेको आगामी वर्षका लागि बजेट तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीका लागि विकासको पहिलो पूर्वाधार भने कै सडक भएको बताउनु भएको हो । उहाँले भौगोलिक रुपमा विकट मानिएको कर्णाली र भेरी करिडोर निर्माणाधीन अवस्थामा रहेकाले प्रदेश सरकारको मुख्य प्राथमिकता नै गुणस्तरीय सडक पूर्वाधार निर्माण भएको जनाउनु भयो । प्रदेशवासीले अझैँ पनि सहज र ढुक्कसँग यात्रा गर्न नपाइरहेको तितो सत्यलाई आत्मसात गर्दै उहाँले बजेट…

चालु आर्थिक वर्षकाे जिडिपिमा प्रदेशगत योगदानमा बागमती अग्रस्थानमा
आर्थिक परिवेश१० जेठ, काठमाडौं। मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत…