सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीकाे भर्चुअल बैठक
आर्थिक परिवेश

   २५ माघ काठमाडौँ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यस प्रकारको संवाद गर्नुभएको हो । करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्लाएक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाउनुभयो । उहाँले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र…

सामाजिक सञ्जाल सम्बन्धि विधेयक संसदमा दर्ता
आर्थिक परिवेश

१५ माघ काठमाडाै‌ ।    सरकारले  सामाजिक सञ्जालकाे  प्रयोगलाई  व्यवस्थित र मर्यादित  बनाउने   उद्देश्यले नयाँ विधेयकमा  संसदमा स‌सदमा दर्ता गराएकाे छ  । प्रस्तावित विधेयकले  प्रयोगकर्ताले कसैको आईडी ह्याक गरेमा ३ वर्ष कैद र १५ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था  गरिएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले ल्याएको नयाँ विधेयकमा यस्तो सजायसहितको व्यवस्था गरिएको हो। विधेयकको दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्नुहुँदैन।’ उपदफा २ ले यस्तो कसुर गर्नेलाई सजायको व्यवस्था गरेको छ। भनिएको छ, ‘उपदफा (१) बमोजिम कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पन्ध्र लाख…

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
आर्थिक परिवेश

0९ माघ काठमाडौँ ।    सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उहाँले स्पष्ट गर्नुभयो । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय…

सिमेन्टको मूल्य समायोजन गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन
आर्थिक परिवेश

 ०९ माघ   काठमाडौँ ।   संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिकाे बुधवारकाे बैठकमा समितिका  सदस्य सांसदहरु, विभागीयमन्त्री,  उद्योगी तथा निर्माण व्यवसायीहरूसँगको  छलफलपछि समितिले सिमेन्टमा भएको दोब्बर मूल्यवृद्धि तत्काल समायोजन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीसँग समन्वय गरेर  तत्काल समस्याको समाधन गरिने प्रतिबद्धता जनाउनुभयो । बैठकमा सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले बजारमा सिमेन्टको  माग बढेको बेलामा  मूल्य पनि वृद्धि हुने गरेको  बताउनुभयो । माग घटेको बेलामा घाटामा सिमेन्ट विक्री गर्ने गरेको जानकारी दिँदै अध्यक्ष मारुले…

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस
आर्थिक परिवेश

   काठमाडौँ ।    सरकारले हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिनको ३ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको  हाे । यस्तै  मन्त्रिपरिषद् बैठकमा शिक्षक सेवालाई निवृत्तिभरण ऐन कोषमा समावेश गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो । शिक्षामन्त्री भट्टराईले सरकारद्वारा जारी अध्यादेशमा शिक्षक सेवालाई निवृत्तिभरण कोषमा समावेश गर्ने भन्ने सम्बन्धमा केही शिक्षकहरूमा अन्यौलता देखिएकाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालदेखिका शिक्षकहरू मात्र शिक्षक सेवा ऐन अन्तर्गत निवृत्तिभरणमा समावेश हुने स्पष्ट…