नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
आर्थिक परिवेश३० भदौ,काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ । नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि. लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्याइएको हो । प्राधिकरणले ११ केभी लाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न…
‘नन करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश२२ भदाै काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिनुहुँदै नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । २१ औँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकै पटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गर्नुभयो । “तपाईँहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठुला कुरा गर्दा अरू केही गर्न नसके…
रैथाने बीउ र बाली हराए नेपालकाे कृषि प्रणालीमै समस्या आँउछ : पूर्व राष्ट्रपति डा यादव
आर्थिक परिवेश१५ भदौ, काठमाडौ । नेपालका प्रथम नेपालमा रैथाने बीउ र बाली हराउँदै जान थालेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको अवलोकन गर्नुहुँदै उहाँले त्यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताउनुभयो । पूवृ रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो । चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको उहाँले सुनाउनुभयो । चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा…
स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक स्वास्थ्य बीमा प्रभावकारी बनाइने
आर्थिक परिवेश२७ साउन काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले यथास्थिति नभै परिवर्तन गर्ने चाहनाले छलफल गरेर कार्यक्रम सार्वजनिक गरेको भन्दै श्रोत सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताउनुभयो । मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्य सुधार अघि बढाइने घोषणा गर्नुभएको मन्त्री पौडेलले आफ्नो योजनामा अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् । एकीकृत स्वास्थ्य प्रणाली संघीय अस्पतालहरूमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण…
भ्रष्टाचार गर्नेलाई कानुन बमोजिम कारबाही गर्न कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार गरिन्न : प्रधानमन्त्री
आर्थिक परिवेश२२ साउन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोरयाउँदै आफूले भ्रष्टाचार नगर्ने र अरूलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाउनुभयो । “संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा…