दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश२० फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणालीकाे आधार भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्नुहुँदै प्रधानमन्त्री दाहालले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागि सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै दण्ड र पुरस्कारको असल अभ्यास हाम्रो कर्मचारी प्रशासनमा पनि त्यो लागू गर्नुपर्दछ ।” उहाँले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी…
समितिले उच्चस्तरीय संयन्त्रलाई सरकारकाे न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझायाे
आर्थिक परिवेश२३ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिवार बुझाएको छ शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाउनु भएको हो । त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरूकाे पनि उपस्थित रहेकाे थियाे । न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा…
नेपालकाे बजेट भन्दा ठूलाे सावर्जनिक ऋण, यस्ताे ऋण २० खर्ब ७ अर्ब ८४ करोड पुग्याे
आर्थिक परिवेशकाठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब २९ करोड बराबर थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको कूल बाह्य ऋण रु १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण रु नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । यो तथ्याड.क गतलाइ गत असार मसान्तसम्मको ऋणको…
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त, साेमवार अपरान्ह ४ बजे शीतलनिवासमा शपथ हुने
आर्थिक परिवेशकाठमाण्डौ । नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालय शितलनिवासले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलि दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता…
एनएमबि बैकको लगानीलाई सहज बनाउन युएसएआइडीसँग समझदारी
आर्थिक परिवेशकाठमाण्डौ । एनएमबि बैंक लिमिटेडले बैकको लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग समझदारी गरेको छ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ । युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र…