प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ सम्बन्धमा सुरक्षा निकायहरु बीच छलफल
आर्थिक परिवेश

काठमाडौँ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ लाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा बिहिवार सुरक्षा निकायहरु बीच छलफल भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा बीच जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको हो । नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल…

सरकारले ‘स्टडी इन नेपाल’अभियान थाल्ने, कुटनीतिक नियोगहरुसमेत परिचालन हुने
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल सरकारले ‘स्टडी इन नेपाल’शैक्षिक अभियानको थालनी गर्ने अवधारणा अघि सारेको छ । सो अवधारणलाई अघि बढाउने सन्र्दभमा शिक्षा मन्त्रालयले बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफल गरेको हो । छलफलमा सहभागीहरुले नेपाललाई शिक्षाको केन्द्रको रुपमा अघि बढाउन सकिने प्रयाप्त संभावना रहेको भनद्यै सरकारले निश्चित कार्यक्रम सहित अभियान अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशस्थित नेपाली नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने जानकारी दिनुभयो । ‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’…

त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु हो, शिक्षामन्त्री पौडेल
आर्थिक परिवेश

काठमाडौैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिंगो शिक्षाको केन्द्रविन्दु भएको बताउनुभएको छ । शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौति’बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्र्गतका क्याम्पस प्रमुखहरुसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएको बताउनु भएको हो । ‘त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्र विन्दु हो,’ शिक्षामन्त्री पौडेलले भन्नुभयो,‘हामीले हल गर्न सक्ने कुराहरू हामी मिलेर हल गरौं अरुलाई आरोप प्रत्यारोप लगाउने काम बन्द गरौं ।’ विश्वविद्यालयमा बेथति बढ्दै गएको बताउँदै उहाँले त्यसलाई सुधार्न शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो पक्ष होइन, प्रधानमन्त्रीले पनि विश्वविद्यालयमा लगाइने…

काठमाडौं महानगरपालिकाले दलीय आबद्धता त्याग्न आग्रह
आर्थिक परिवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आबद्धता त्याग्न आग्रह गरेको छ । सुशासन प्रवर्द्धन गर्न महानगरअन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नहुने भन्दै दलीय आबद्धता त्याग्न आग्रह गरिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ। साथै, काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । कुनै शिक्षक वा कर्मचारी…

वितीय पहूँच वृद्धिमा बैंक तथा वित्तीय संस्थाहरुले भूमिका बढनु पर्छ
आर्थिक परिवेश

काठमाडौ । नेपालका बैक तथा वित्तीय संस्थाहरुले भोग्नु परेका समस्या, नेपालको आर्थिक विकासका विभिन्न पक्ष तथा आगामी दिनमा चाल्नु पर्ने कदम लगायतका विषयमा त्यस क्षेत्रका विज्ञहरुले छलफल गरेका छन् । वक्ताहरुले बैक तथा वित्तीय संस्थाहरुले देशभर वितीय पहूँच वृद्धि गर्न र उत्पादनशिल क्षेत्रमा लगानी प्रवाह गर्न आवश्यक रहेकोमा पनि जोड दिनु भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड बिओण्ड’ नामक सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा वित्तीय पहुँचको अभिवृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरेमा आर्थिक विकास तथा गरिवी निवारणमा विशेष सहयोग…