रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
आर्थिक परिवेश२१ पुष काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालले जानकारी दिनु भयाे । प्रतिवादी कायम गरिएका मध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन्। काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन। यसअघि…
दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोडको सर्वसाधारणका लागि शेयर जारी गर्ने
आर्थिक परिवेश१९ पुष चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पु¥याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन…
यस वर्ष धानको उत्पादन वृद्धि हुने : कृषि मन्त्रालय
आर्थिक परिवेश१९ पुष काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुकवार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । “वर्षे र चैते दुवै गरी चालु आवमा कुल…
स्याङ्जा जिल्लाबाट एक अर्ब १२ करोड रूपैया भन्दा बढी मुल्यकाे सुन्तला बिक्रि
आर्थिक परिवेश१७ पुष, स्याङ्जा । यस वर्ष स्याङ्जा जिल्लाबाट एक अर्ब १२ करोड रूपैया भन्दा बढी मुल्यकाे सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रूपैया भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उहाँले बताउनुभयो । उत्पादित सुन्तला थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा…
देउपुरमा सुन्तला पहेलपुर व्यापारिका प्रतिनिधि तथा किसानलाइ टिप्न भ्याइ नभ्याइ
आर्थिक परिवेश११ पुष, कुश्मा, पर्वत। सुन्तला उत्पादनका लागि प्रख्यात पर्वत जिल्लाको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ भएकाे छ । त्यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगैचामै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाइर्ले जानकारी दिनुभयो । सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै…