विराटनगरमा शुरू भयाे नेपालकै पहिलाे गाँउवेशी नमूना  कृषि फर्म
आर्थिक परिवेश

०८ मंसीर,विराटनगर ।  कृषि कर्म सहित नेपाली मौलिक परम्पराकाे जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा गाँउवेसी नमूना  कृषि फर्म सञ्चालनमा आएको छ । विराटनगरका कानुनी व्यवसायीहरूले करिब १५ करोडको लागतमा फर्म सञ्चालनमा ल्याएका हुन । फर्मको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रवार उद्घाटन गर्नुभएकाे छ  । लोप हुँदै गएको मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै नेपालका ७७ जिल्लाका रैथाने परम्परा संस्कृतिलाई जोडने गरी कृषि फर्म सञ्चालनमा ल्याइएको फर्मका सञ्चालक भरतबहादुर थापाले बताउनु भयो । कृषिलाई आधार मानेर आठ बिघा क्षेत्रफलमा फैलिएको सो फर्ममा माछापालन, पशुपालन, वोटानिकल गार्डेन, कृषि बालीकाे उत्पादन गरिने छ । साथै फर्ममा  परम्परागत कृषि…

झापामा केरा खेतीबाट युवाहरूले राम्राे कमाइ गर्दै, एकै फार्मबाट ३ कराेड बढीकाे बिक्री
आर्थिक परिवेश

२९ कार्तिक, झापा ।  विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा…

भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश

२८ कार्तिक , वीरगंज ।    तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै  ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…

पाल्पामा तिहार लक्षीत फूलखेती विस्तार ,आर्जनकाे राम्राे माध्यम
आर्थिक परिवेश

२८ कार्तिक, रामपुर (पाल्पा) I  तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफैँ पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यति बेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउनुहुन्छ । “तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा फूल टिप्ने, माला तयार पार्ने कार्यमा व्यस्त छौँ, फूलमालाको व्यापार राम्रो हुँदै गएको छ”, उहाँले भन्नुभयो । यसपटक मात्रै…

नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरपालिकाले सहजीकरण गर्ने
आर्थिक परिवेश

२५ कार्तिक, काठमाडौं ।  तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिका भित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु¥याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उहाँले बताउनुभयो । महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले…