नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
आर्थिक परिवेश१९ फागुन, काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ । जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिएका छन । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका छन् । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडेका छन् । नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु…
नेपालको ऊर्जा क्षेत्रमा थप लगानी बढाउने दातृ निकायका प्रतिनिधिहरूकाे प्रतिबद्धता
आर्थिक परिवेश१८ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवलमा निर्माण गरिएको सबस्टेसनको अनुगमन भ्रमणमा त्पहाँ पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैङ्क र एसियाली विकास बैङ्कलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको हाे । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिको प्रशंसा गर्दै टोलीले थप…
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुल्याे
आर्थिक परिवेश१६ फागुन, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । योग्यता पुगेका तथा इच्छुक नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवारमा खामबन्दी आवेदन दिन सक्नेछन् सूचनामा भनिएकाे छ । स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् । अध्यक्ष पदका लागि उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव वेचबिखन,…
अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ छलफल कार्यक्रम सम्पन्न
आर्थिक परिवेश१५ फागुन, काठमाडौँ । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो भन्नुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरू तयार रहेको…
आगामी लगानी सम्मेलनका लागि परियोजना तयार पार्नुस सरकारका प्रवक्ता
आर्थिक परिवेश१५ फागुन, काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीसँग मंगलवार भएको भेटमा नेपाल सरकारका प्रव्क्ता समेत रहनु भएकी सञ्चारमन्त्री शर्मालेे त्यस्तो आग्रह गर्नुभएको हो । लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताउनुभयो । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन…