लगानी सम्मेलन सफल बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुन्छ : मिलर
आर्थिक परिवेश

२८ फागुन,काठमाडाैं ।   बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएकाे हाे । भेटमा बेनरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताउनु भयाे । उहाँले लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता काम पूरा गर्न आग्रह गनु भयाे । बेलायतले नेपालको लगानी सम्मेलनलाई यसअघि नै समर्थन जनाइसकेको…

लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

२७ फागुन, काठमाडौ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थ मन्त्रालयमा भेटवार्ता गर्नुहुँदै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताउनुभयो । “अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भन्नुभयो, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।” पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा…

सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्छ उपप्रधानमन्त्री
आर्थिक परिवेश

२६ फागुन,काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा…

सुनको मुल्यले नयाँ रकर्ड बनायो एकै दिन तोलामा २ हजारले वृद्धि
आर्थिक परिवेश

  २२ फागुन, काठमाडौं ।   मंगलबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । मंगलबार सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोवार भएको छ । यस अघि मंगलवार विहान नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको सो मुल्य तोकेको थियो । मंगलवारको कारोवार मुल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो…

मुलुकको आर्थिक विकासका लागि साझा एजेण्डा बनाउनु पर्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश

२० फागुन, कुश्मा ।   नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको ४१ औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आइतवार कुश्मामा उद्घाटन गर्दै उहाँले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासङ्घले काम गर्दै आएको बताउनुभयो ।