नेपाली बजारमा सुनकाे मुल्यले सर्वाधिक महँगो रेकर्ड कायम
आर्थिक परिवेश

३० भदाै, काठमाडाैं ।   सुनको मूल्यले आइतवार फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। प्रतिताेला पाँचसय रुपैयाँ बढेर सुन आज प्रतितोला एक लाख ५६ हजार आठसय रुपैयाँ पुगेको  हाे। सुनकाे याे मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। शुक्रबार अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुन आज थप महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय पुगेको छ। शुक्रबार चाँदीकाे मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियाे। आजा चाँदी ताेलामा ४० रुपैयाँ बढेकाे हाे।

सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुकाे  कीर्तिमान
आर्थिक परिवेश

 २८ भदाै काठमाडौ ‌ ।    नेपाली बजारमा शुकंवार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुकाे  कीर्तिमान कायम गरेको छ । यस दिन सुनको मूल्य तोलामा  तीन हजार रुपैयाले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छाप भएकाे सुन शुकंवारका लागि ताेलाकाे  एक लाख ५६ हजार तीन सय निर्धारण भै काराेवार भएको छ । याे मुल्य नेपाली सुन बजारमा कायम भएकाे हालसम्मकै उच्च बिन्दुकाे रकम हो । त्यस्तै, शुकंवार चाँदीको मूल्य प्रतितोला  ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार सात सय ९५ रुपैयामा कारोबार भएको चाँदीको मूल्य शुकवारका  लागि  एक हजार…

चीनका व्यवसायीहरू र उद्योग मन्त्रीबीच नेपालमा लगानी सम्बन्धमा छलफल
आर्थिक परिवेश

२६ भदाै काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग चीनका व्यवसायीहरूले भेट गर्नुभएको छ । नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीउौाेगहरूले नेपालमा लगानीको वातावरणका विषयमा मन्त्री भण्डारीसँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रियाका क्रममा चिनिया व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिनुभयो । चिनिया व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलताहरू नरहेको बताउनुभयो । चीनमा भइरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको बताउँदै नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो…

 सुनको मूल्यमा नयाँ कीर्तिमान ताेलामा एकैदिन १३ सयले बढ्याे
आर्थिक परिवेश

 २१ भदाै काठमाडौँ ।      स्थानीय बजारमा शुकंवार  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला  एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुकंवार प्रतितोला  एक लाख ५३ हजार तीन सय निर्धारण भै काराेवार भएको छ । यस दिन चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । बिहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको…

इन्धनकाे मुल्य घट्याे पेट्रोलमा प्रतिलिटर २ रूपैया तल
आर्थिक परिवेश

१६ भदाै,काठमाडौँ ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर  दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रूपैया घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु…