आगामी योजनामा जिडिपिको आकार ८६ खर्बको हाराहारी पुरयाउने लक्ष्य
आर्थिक परिवेश

२९ मंसिर,काठमाडौ ।  सरकारले आगामी १६औँ योजनाको अन्तसम्ममा मुलुकको जिडिपिको आकार ८० खर्बदेखि ८६ खर्बको हाराहारी पु¥याउने लक्ष्य अघि सारेको छ । अहिले आधारभूत मूल्यमा जिडिपीको आकार ५३ खर्ब ८१ अर्ब बराबर छ । १६औँ योजनाको अन्तसम्ममा जिडिपिको आकार ८० खर्बदेखि ८६ खर्बको हाराहारी पुरयाउने लक्ष्य राखिएको योजना आयोगले जनाएको छ । आगामी सोह्रौँ पञ्चबर्षिय योजना अवधी भरमा मुलुकको आर्थिक वृद्धिदर औसत सातदेखि साढे आठ प्रतिशतसम्म कायम गर्ने लक्ष्य सहित हाल योजनाको तर्जूृमाको काम भैरहेको छ । १६ औ योजनाको मस्यौदामा आगामी पाँच वर्षभित्र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार करिब तीस खर्बले वृद्धि गर्ने गरी लक्ष्य निर्धारण गर्ने…

देशकाे शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा
आर्थिक परिवेश

२८ मंसिर, काठमाडौं ।  अर्थमन्त्री डा . प्रकाशशरणा महतले  मुलुककाे आर्थिक  अवस्थामा क्रमिकरूपमा सुधार भएकाे बताएकाे भाेली पल्ट बिहिवार सार्वजिनक भएकाे प्रतिवेदनले मुलुककाे अर्थतन्त्रका बाह्य सूचकमा सुधारले निरन्तरता पाएको देखाएकाे छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन  अनुसार रेमिटेन्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति लगायतका बाह्य सूचकमा निरन्तर सुधार देखिएको हो। कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ  बिप्रेषाण रेमिटेन्स नेपाल भित्रिएको छ। यो वर्षको चार महिनामा रेमिटेन्स ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ। यो रकम पोहोरको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले बढी हो। वैदेशिक रोजगारीमा जानेको संख्या…

साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढ्याे
आर्थिक परिवेश

२८ मंसिर, काठमाडौँ  ।  चालु आर्थिक वर्षको चार महिनामा नेपालमा   खर्ब ७७ अर्ब  ९६ करोड बराबरको विप्रेषण रेमिटेन्स  भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढेकाे जनाइएकाे   छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक  प्रतिशतले वृद्धि भै तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा…

विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसकाे राष्ट्रपतिसंग शिष्टाचार भेट
आर्थिक परिवेश

२७ मंसिर, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैङ्कले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोगको सराहना गर्नुभएको थियो । साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैङ्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको…

संघीय सरकारबाट विकास निर्माणमा सहयोग नहुँदा विकास गर्न सकिएन : मुख्यमन्त्री शर्मा
आर्थिक परिवेश

२७ मंसिर सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भएकाे  छ  । राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले  कर्णाली प्रदेशको द्रुत विकास आवश्यक रहेको बताउनु भयो । उहाँले १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै त्यसका…