जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह
आर्थिक परिवेश

 ०८ कार्तिक,  वासिङ्टन डिसि, अमेरिका ।  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ। विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बुधवार आयोजित उच्चस्तरीय (सदस्य राष्ट्रका मन्त्रीस्तरीय) बैठकमा आफ्नो धारणा राख्दै जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील वन्न आग्रह गर्नु भएको हो। उक्त बैठकमा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भए तापनि पछिल्लो समय मानव सिर्जित कारणहरुले प्राकृतिक विपत्तिहरुको सामना…

विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति १५ कराेड डलर सहयोग गर्ने
आर्थिक परिवेश

०७ कार्तिक,  वासिङ्टन, डिसी।  विश्व बैंकले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने छ ।  भएकाे सम्वन्धी सम्झौता भएको छ। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बुधवार बैंकको वासिड.टन डिसिमा रहेकाे केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व…

नेपालकाे अर्थिक वृद्धिमा आईएमएफकाे संशाेधन यस वर्ष ४.९ प्रतिशतको आर्थिक वृद्धिकाे प्रक्षेपण
आर्थिक परिवेश

०६ कात्तिर्क, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफ तथा विश्व बैंक समूहको वार्षिक बैठक क्रममा अमेरिकाको वासिङटन डीसीमा सार्वजनिक ‘वर्ल्ड इकोनोमिक आउटलुक’ ले यस्तो प्रक्षेपण गरेको हो । गत अप्रिलमा आईएमएफले यो आर्थिक वर्ष २०२५ मा ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसमा ३० आधार बिन्दूले घटाएको हो । यद्यपि, आईएमएफको प्रक्षेपण अझै पनि उत्साहप्रद नै छ । विश्व बैंक तथा एसियाली विकास बैंकले यसअघि नै तुलनात्मक रूपमा आशावादी आर्थिक वृद्धिको प्रक्षेपण गरिहेका बेला आईएमएफ पनि यो क्लबमा जोडिएको हो । गत आव (२०२४) मा…

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश

१७ असाेज,  काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ । यस्तै, अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किमी…

नेपालबाट बंगलादेशमा विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता सम्पन्न
आर्थिक परिवेश

१७ असाेज, काठमाडौँ ।  नेपालले  बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता सम्पन्न गरेकाे छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिति थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय…