चार उद्याेगले तिरे विद्युत वक्याैता रकम लाइन जाेडियाे
आर्थिक परिवेश

१८ कार्तिक, बुटवल ।  डेडिकेटेड तथा ट्रंक लाइन विवादमा चार उद्योगले प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनु भयाे  । उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र…

इनरुवा पूर्णिया र लम्की बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश

१२ कात्तिक, नयाँ दिल्ली, भारत ।  नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की -दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम  जे=भि तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ…

३ महिनामा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातका लागि २१ करोड खर्च
आर्थिक परिवेश

११ कात्तिक, काठमाडौं ।   चालु आर्थिक वर्षको ३ महिनाकाे अवधीमा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबलकाे आयातका लागि २१ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिना (साउन–असोज) सम्म २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल नेपालमा आयात भएको हो । यस अवधिमा ४ लाख १३ हजार ३ सय ७८ किलो कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, उक्त परिमाणको कुरकुरे, कुरमुरे र लेज आयात गरेबापत सरकारले १३ करोड ३५ लाख ७९ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । नेपालमा आउने यी…

महसुल  नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटियाे
आर्थिक परिवेश

०८ कार्तिक,काठमाडौं ।   नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरे वापतको  महसुल  नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो । यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ…

हुम्लामा ३३५ मेगावाटकाे हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण हुने
आर्थिक परिवेश

०७ कार्तिक, काठमाडौँ।   आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७ दशमलव…