३ महिनामा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
आर्थिक परिवेश

०६ कार्तिक,काठमाण्डौ ।    चालु आवको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरिएको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विद्युत् विकास विभागले दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उल्लेख गरेको छ । विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको र ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएको जनाएको छ । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण…

रेडियो फ्रिक्वेन्सीबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा भएन : वित्त आयोग
आर्थिक परिवेश

०४ कार्तिक,काठमाण्डौ ।    नेपालमा प्राकृतिक स्रोतबाट एक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन हुने गरेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल रोयल्टी ६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ भन्दा बढी रोयल्टी उठेको उल्लेख छ । उठेको रोयल्टीमा सबैभन्दा बढी योगदान विद्युत क्षेत्रले गरेको छ । विद्युतबाट ५४.६३ प्रतिशत रोयल्टी उठेको छभने वन क्षेत्रबाट २२.६० प्रतिशत रोयल्टी उठ्ने गरेको छ । नेपालमा पर्वतारोहण, विद्युत्, वन र खानी तथा खनिजबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गरी बाँडफाँट हुँदै आएको आयोगले जनाएको छ । आयोगले सिफारिस गरे पनि…

विद्युत् बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटियाे
आर्थिक परिवेश

४ कात्तिक काठमाडौँ ।   डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ । विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो । प्रवक्ता ढकालका अनुसार आजबार बिहानबाट यी उद्योगहरुको विद्युत् लाइन काटिएको हो । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालिन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महशुल बक्यौताबारे अध्ययन भई २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको…

लक्ष्मीपूजाकाे दिन १६५० मेगावाट खपत र १०१५ मेघावाट विद्युत् भारत निर्यात
आर्थिक परिवेश

०४ कार्तिक,काठमाडौँ।  लक्ष्मीपूजाकाे दिन (सोमबार) साँझ देशभर विद्युतकाे कूल माग एक हजार ६५० मेगावाट बराबर   पुगेकाे  छ  । यस दिन अान्तरिक खपत गरेर समेत १ हजार १५ मेघावाट विद्युत् भारत निर्यात भएकाे छ  । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ । यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।…

महानगरपालिका तथा उपमहानगरपालिकामा जग्गाकाे काराेवार गर्दा अनुमती लिनु पर्ने
आर्थिक परिवेश

२९ असाेज, काठमाडौँ ।    सरकारले  तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्नु पर्ने र काराेवार  गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख)को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रुपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ । काठमाडौँ, ललितपुर, विराटनगर, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाभित्र हुने घरजग्गाको कारोबार गर्दा अब अनुमति लिनुपर्नेछ…