आगामी बजेट : ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 
आर्थिक परिवेश

 १५ जेठ,काठमाडौँ ।   सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताउनु भयाे । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेमामा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुरयाउने लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उहाँले गर्नु भयाे  । ।…

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना
आर्थिक परिवेश

१५ जेठ, काठमाण्डौँ ।   सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गर्नु भएकाे हाे । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताउनु भयाे  । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक…

जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न गृहमन्त्री लामिछानेकाे निर्देशन
आर्थिक परिवेश

१४ जेठ,काठमाडौं ।   उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति रोक्न जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । मनसुन पूर्व तयारी तथा प्रतिकार्य, राष्ट्रिय कार्ययोजना,२०८१ माथि आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले विपद्को अति जोखिम भएका ठाउँमा सूचना दिने गरी तत्काल जनशक्ति खटाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्री लामिछानेले सम्भावित क्षति न्यूनीकरणका लागि  अन्तर निकाय समन्वय, साझेदार निकाय, दातृ निकाय बिच निरन्तर छलफल गरी गृह मन्त्रालयको नेतृत्वमा एकीकृत सहायता प्रणालीको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । लामिछानेले प्रत्येक जिल्लामा अस्थायी सहायता केन्द्र, टेलिफोन केन्द्र,विपद प्रभावित क्षेत्रमा निशूल्क टेलिफोन सेवा, स्वास्थ्य सेवाको अभाव…

काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाकाे धेद्रे सुरुङ छिचोलियाे
आर्थिक परिवेश

११ जेठ, काठमाडौँ ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको सुरुङमार्ग शुक्रवार  छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं‍ २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ । यसैगरी यही जेठ ०४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । आजको कार्यक्रम रक्षामन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षासचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक…

सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि ताेलाकाे एक लाख ४१ हजार नजिक
आर्थिक परिवेश

०६ जेठ काठमाडौं ।   नेपाली बजारमा आइतवार सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि भै नयाँ रेकर्ड निर्माण भएको छ । आइतवार सुन प्रतितिोला एक लाख ४० हजार नौ सय रुपैया निर्धारण भै कारोवार भएको छ । शुक्रबार सुन तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो । त्स्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकोमा आइतवार भने प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयामा कारोवार भएको छ । यसु दिन चाँदीको मूल्य पनि आज तोलामा एक सय १० रुपैयाले वृद्धि भै तोलाको एक हजार नौ सय १० रुपैयामा…