रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नु आवश्यक छ : प्रधानमन्त्री
आर्थिक परिवेश

३१ जेठ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएकोमा जोड दिनुभएको हो । छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन कुन उद्योगहरू पुनःसञ्चालन गर्न…

५ हजार ३ सय वडाहरुको मुख्य राजस्वको स्रोत अहिले पनि भूमि तथा मालपोत कर
आर्थिक परिवेश

३० जेठ, काठमाडौ ।   देशभरका ६ हजार ४ सय ४३ वडाहरु मध्ये ५ हजार २ सय ९४ वडाहरुको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ । राजस्वको प्रमुख स्रोत भूमि तथा मालपोत कर रहेका वडाहरु ७८.५ प्रतिशत रहेको केन्द्रीय तथ्याड.क कार्यालयको तथ्याडकले देखाएको छ । तथ्याड.क कार्यालयको प्रतिवेदन अनुसार राजस्वको प्रमुख स्रोतको रुपमा सेवा शुल्क दस्तुर रहेका वडाहरुको संख्या ६९.१ प्रतिशत, सम्पती कर मुख्य रहेका वडाहरुको संख्या ५३.५ प्रतिशत, व्यवसाय कर मुख्य रहेका वडाहरुको संख्या ५२.८ प्रतिशत, घरबहाल कर प्रमुख स्रोत रहेका वडाहरुको संख्या ३२.२ प्रतिशत रहेको छ । देशभरका वडाहरुको मख्य राजस्वको स्रोतमा यी बाहेक दण्ड…

सूचना प्रविधि क्षेत्रको नीतिगत तथा पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री पुन
आर्थिक परिवेश

२९ जेठ, काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजनले) काठमाडौमा आयोजना गरेको ‘सूचना प्रविधि दशकः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको संबाहकका रुपमा अघि बढाएको बताउनु भएको हो । आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको अर्थमन्त्री पुनले बताउनु भयो । जलविद्युत् क्षेत्रको विकासका लागि डेढ दशकअघि सरकारले लिएको नीतिको निरन्तरता अहिलेसम्म पनि कायम रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले सरकार परिवर्तन हुँदैमा सरकारका नीति परिवर्तन नहुने स्पष्ट पार्नुभयो । कार्यक्रममा सञ्चार तथा…

सुनकाे मुल्य ताेलामा चार हजारले घट्याे
आर्थिक परिवेश

२७ जेठ, काठमाडौँ ।  नेपाली बजारमा गत साता  बढेकाे  सुनकाे  मूल्य आइतवार भने तोलामा   चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छाप भएकाे सुन आइतवार लागि प्रतितोला  एक लाख ४१ हजार रूपैयामा काराेवार भएको छ । शुक्रबार छाप भएकाे सुन तोलामा  एक लाख ४५ हजार रूपैयामा कारोबार भएको थियो । यस्तै यस दिन छाप नभएकाे सुन तोलामा एक लाख ४० हजार तीन सय निर्धारण  भइ काराेवार भएकाे  छ । शुक्रबार छाप नभएकाे सुन प्रतितोला  एक लाख ४४ हजार तीन सय रूपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा  ७५ रूपैयाले घटेको छ । शुक्रबार तोलामा  एक…

डुम्रेबजारमा ८ जनाले घरटहरा नभत्काउँदा सडक विस्तारमा समस्या
आर्थिक परिवेश

२६ जेठ, तनहुँ ।    निर्माणाधीन मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । डाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गर्नु भएकाे  छ । गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा…