बजेट सकारात्मक नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास : महासंघ
आर्थिक परिवेश

१८ जेठ, काठमाडौ ।  नेपाल उदयाेग  बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई अाउनु सकारात्मक  भएको बताएकाे छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको…

स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : परिसंघ
आर्थिक परिवेश

१८ जेठ, काठमान्डौं ।    नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर चासाे व्यक्त गरेकाे  छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएका छन् । सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं । हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै…

आगामी बजेट : ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 
आर्थिक परिवेश

 १५ जेठ,काठमाडौँ ।   सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताउनु भयाे । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेमामा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुरयाउने लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उहाँले गर्नु भयाे  । ।…

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना
आर्थिक परिवेश

१५ जेठ, काठमाण्डौँ ।   सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गर्नु भएकाे हाे । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताउनु भयाे  । उनका अनुसार परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक…

जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न गृहमन्त्री लामिछानेकाे निर्देशन
आर्थिक परिवेश

१४ जेठ,काठमाडौं ।   उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति रोक्न जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । मनसुन पूर्व तयारी तथा प्रतिकार्य, राष्ट्रिय कार्ययोजना,२०८१ माथि आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले विपद्को अति जोखिम भएका ठाउँमा सूचना दिने गरी तत्काल जनशक्ति खटाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्री लामिछानेले सम्भावित क्षति न्यूनीकरणका लागि  अन्तर निकाय समन्वय, साझेदार निकाय, दातृ निकाय बिच निरन्तर छलफल गरी गृह मन्त्रालयको नेतृत्वमा एकीकृत सहायता प्रणालीको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । लामिछानेले प्रत्येक जिल्लामा अस्थायी सहायता केन्द्र, टेलिफोन केन्द्र,विपद प्रभावित क्षेत्रमा निशूल्क टेलिफोन सेवा, स्वास्थ्य सेवाको अभाव…