नेपालको विकासमा याेगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
आर्थिक परिवेश३० बैशाख, काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् । शनिबार जर्मनी बर्लिनमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन यहाँ रहेका नेपालीलाई अनुरोध गरे । सम्मेलन नेपाली राजदूतावास र जर्मनको…
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता
आर्थिक परिवेश२८ बैशाख, तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावारतर्फ अधिक छन् । दुई सय ७८ उद्योग खारेज चालु आवमा जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् ।आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन…
घरेलु र साना उद्योगले ठूलो स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम आवश्यक छ : राष्ट्रपति
आर्थिक परिवेश२६ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। “गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई…
बैकहरू भन्दा ठूलाे काराेवार गर्ने प्रतिस्पर्धाले सहकारीहरू समस्यामा : सहकारी मन्त्री
आर्थिक परिवेश२५ बैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले आज यहाँ आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताउनुभयो । जुन उद्देश्यका साथ सहकारी स्थापना भएका थिए त्यसको खिलाफमा काम भइरहेको उहाँको धारणा छ । “सहकारीहरू बैङ्कभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले मन्त्री अधिकारीले भन्नु भयाे । बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार…
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटसँग मौद्रिक नीतिको सामाञ्जस्यता कायम गरिनेछ : अर्थमन्त्री
आर्थिक परिवेश२५ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटसँग मौद्रिक नीतिको सामाञ्जस्यता कायम गरिने बताउनु भएकाे छ । बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलवार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट समेत पार्नु भयाे । अर्थमन्त्रीले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । “राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन”, उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने हो ।” त्यसअवसरमा मन्त्री पुनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटसँग…