नेपाल आयल निगमले आर्थिक बर्ष २०७९/८० मा करिब १६ अर्ब नाफामा सम्पूर्णरूपले ऋणमुक्त
आर्थिक परिवेश२६ पुष, काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक बर्ष २०७९/८० मा करिब १६ अर्ब अर्ब नाफा गरी ल सम्पूर्णरूपले ऋणमुक्त भएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण आव २०७८/७९ मा निगमले ४९ अर्ब घाटा व्यहोरेको थियो । आव २०७९/८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी चार अर्ब ९४ करोड रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु तथा मितव्ययी कदमले वित्तीय अवस्थामा सुधार भई निगम दायित्वमुक्त भएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले बताउनुभयो । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगमकाे ५४औँ वर्षमा प्रवेश कार्यक्रममा निमित्त…
माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुगाें लाग्याे
आर्थिक परिवेश२४ पुष, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट लगानी जुटाइएको हो । एनएमबी बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को सहवित्तीयकरणमार्फत् आयोजनामा निर्माण अवधिको ब्याजसहित रु सात अर्ब ४० करोड ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये एनएमबी बैङ्कको चार अर्ब ४० करोड र एचआइडिसीएलको तीन अर्ब लगानी रहनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आयोजनाको प्रवद्र्धक मोदी…
सरकारले सहजीकरण गरे निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छ : कार्की
आर्थिक परिवेश२२ पुष, काठमाडौ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो । पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताउनुभयो । सम्झौताले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई थप ढोकाहरु खुल्दै जाने पनि अध्यक्ष कार्कीको भनाई छ । यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा…
पाेखराका पाँच सहकारी समस्याग्रस्त बचतकर्ताको २ अर्ब ८५ करोड रकम जोखिममा
आर्थिक परिवेश२२ पुष, पाेखरा । पाेखराका पाँच सहकारी समस्याग्रस्त भएपछि कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । हजारौ बचतकर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् । यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती…
हेटौँडा बजार क्षेत्रकाे सडक विस्तारमा सहयोग गर्न उद्योगी व्यवसायीलाई मुख्यमन्त्रीकाे आग्रह
आर्थिक परिवेश२१ पुष, मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार क्षेत्रकाे सडक विस्तारमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारण सभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । आफूले व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै मुख्यमन्त्रीले जम्कट्टेलले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्र गति लिने बताउनुभयो । प्रदेशभित्रका ठुला उद्योग र औद्योगिक क्षेत्र प्रदेश मातहत ल्याउन नसक्नुको कारण जग्गा, विद्युत्, राजस्व सङ्घीय सरकार मातहत रहनु हो भन्दै उहाँले प्रदेश सरकार १० ठाउँमा उद्योग ग्राम र कोसेली…