विलासि पर्यटकहरुको लागि पाेखरामा दोर्जेस रिसोर्ट संचालनमा
आर्थिक परिवेश०३ असार,पोखरा । पोखराको लेकसाइडको मुख्य बजार क्षेत्रबाट करिब २ किलोमिटर पश्चिम उत्तरको दुरी सेदीबगरमा रहेको दोर्जेस रिसोर्ट एण्ड संचालनमा अाएकाे छ । स्पाः जहाँ विलासि (लक्जरियस) पर्यटकहरुको रोजाईमा रहेको स्थानमा पुग्न सकिन्छ । पोखराको नयाँ मानव निर्मित पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण केवलकारको तल्लो स्टेसन भन्दा केही माथि पर्ने उक्त रिसोर्ट यही असार ६ गते देखि अनौपचारिक रुपमा सेवा शुभारम्भ गर्ने भएको छ । १३ वटा भिल्ला भएको यो रिसोर्टमा रहेका हरेक कोठा बाहिर टेरेस अर्थात खेतको गरा जस्तो भाग निकालिएको छ भने अधिकांश रुमबाट पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल र पोखराको लेकसाइडलाई निहाल्न सकिन्छ । पछिल्लो केही बर्ष…
प्रधानमन्त्रीकाे उपस्थितिमा एनआरएनए संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच एकताका लागि सहमति
आर्थिक परिवेश०३ असार, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच १८ जून २०२३ आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सँगै आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने भएको हाे । यसको लागि दुवै पक्षका…
विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारी पदमुक्त गर्छौं : महानगर प्रमुख बालेन साह
आर्थिक परिवेश०२असार,काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको छ । प्रमुख शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’ प्रमुख शाहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा समिति विघटन गर्ने बताउनुभयो । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा…
सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने
आर्थिक परिवेश३० जेठ , काठमाण्डौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट बक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटका क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । सुनका गरगहना हुने खाने देखि हुँदा आमनेपाली सम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पार्नुभएको नेपाल…
पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ
आर्थिक परिवेश२८ जेठ , काठमाडाैं । नेपालमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ भएको छ । नेपाल सरकार र विश्व बैंकले आइतवार संयूक्त रुपमा २७ करोड ५० लाख डलर अर्थात करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैंया लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको हो । यस आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत गर्नेछ । आयोजनाकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले संयूक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।…