ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको   
आर्थिक परिवेश

०५ पुष, विराटनगर ।  मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घले आयोजना गर्न  लागेको ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा भोली (शुक्रवार)देखि सञ्चालन हुने एक्स्पोले मोरङ –सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई थप बढवा दिन  सहयोग पुग्ने जनाइएको छ । यस क्षेत्रको कृषि, पर्यटन, ठुला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने एक्स्पोमा २४० स्टल रहने मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले बताउनुभयो । अध्यक्ष रिजालले एक्स्पोमा स्वदेशी ठुला, मझौला साथै  भारत, बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरू एव उत्पादनकर्ताहरूको सहभागिता रहने बताउनुभयो ।…

एनसेलको शेयर किनबेच विरुद्ध परेको रिट निवेदनमा सरकारलाई कारण देखाऊ आदेश
आर्थिक परिवेश

०३ पुष, काठमाडौँ ।  सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाऊ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो । “दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०/०९/१६ को पेसी तोकी पेस गर्नु”, आदेशमा भनिएको छ । “साथै, प्रस्तुत रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरू विपक्षी एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, जमलको हकमा आफैँ वा आफ्नो कानुन व्यवसायीमार्फत र अन्य विपक्षीको हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत अन्तरिम आदेश…

त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको लागि इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०२ पुष, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दबाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ त्याे लेखा जाेखा हुनु पर्छ प्रधानमन्त्रीले भन्रु भयाे । विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको उहाँले  बताउनुभयो । “विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा…

नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको प्नधानमन्त्रीले गर्नुभयाे निरीक्षण
आर्थिक परिवेश

०२ पुष, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको छ । साेमवार  दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिनुभयो । निरीक्षणपछि प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा परियोजना भनेजस्तो गरेर अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।” गिटी, बालुवा ढुङ्गा, विद्युत्का सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपरयो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ ।…

५ महिनामा सरकारकाे कमाइ भन्दा खर्च बढी,६९ अर्ब रूपैया भन्दा बढीको बजेट घाटा
आर्थिक परिवेश

०१ पुष, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल  १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च  चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५ दशमलव…