पाेखराका पाँच सहकारी समस्याग्रस्त बचतकर्ताको २ अर्ब ८५ करोड रकम जोखिममा
आर्थिक परिवेश२२ पुष, पाेखरा । पाेखराका पाँच सहकारी समस्याग्रस्त भएपछि कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । हजारौ बचतकर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् । यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती…
हेटौँडा बजार क्षेत्रकाे सडक विस्तारमा सहयोग गर्न उद्योगी व्यवसायीलाई मुख्यमन्त्रीकाे आग्रह
आर्थिक परिवेश२१ पुष, मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार क्षेत्रकाे सडक विस्तारमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारण सभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । आफूले व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै मुख्यमन्त्रीले जम्कट्टेलले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्र गति लिने बताउनुभयो । प्रदेशभित्रका ठुला उद्योग र औद्योगिक क्षेत्र प्रदेश मातहत ल्याउन नसक्नुको कारण जग्गा, विद्युत्, राजस्व सङ्घीय सरकार मातहत रहनु हो भन्दै उहाँले प्रदेश सरकार १० ठाउँमा उद्योग ग्राम र कोसेली…
नेपाल र भारतबीच बिजुली किनबेचका लागि महत्वपूर्ण तीन वटा प्रसारण लाइनको उद्घाटन
आर्थिक परिवेश१९पुष,काठमाडौँ । नेपाल र भारतबीच बिजुली किनबेचका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले कुशाहा–कटैया, परवानीपुर–रक्सैाल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका लागि आजदेखि सञ्चालन भएका प्रसारण लाइन द्विपक्षीय ऊर्जा व्यापारका निम्ति उपलव्धिपूर्ण भएको बताउनुभयो । उहाँले दुई देशबीच बिजुली खरिदबिक्रीका लागि विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने विषयमा महत्वपूर्ण काम भएको बताउनुभयो । ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन ।…
नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्न सक्ने
आर्थिक परिवेश१९ पुष, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । यस क्रममा दुबै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि आजै हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच…
डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेकालाई छुट दिन नसकिने : प्राधिकरण
आर्थिक परिवेश१२ पुष, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनै पर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् लिएकाको लाइन काटेर बक्यौता उठाउन निर्देशन दिइसकेको सन्दर्भमा छुट दिन नसकिने बताउनुभयो । राजस्व छुट दिन नसकिने भएकाले यसमा प्राधिकरणले केही गर्न नसक्ने स्पष्ट पार्दै उहाँले प्राधिकरण मातहत रहेको पुनरावलोकन समितिमा निश्चित रकम…