
निर्माण व्यवसायीका जायज मागहरू सम्बोधन गर्न आग्रह
आर्थिक परिवेश२१ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका जायज मागहरू यथाशक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकार समक्ष आग्रह गरेको छ । आइतवार एक एक विज्ञप्ती जारी गर्दै उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको भन्दै परिसंघले त्यस्तो माग गरेको हो । विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी समेत नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराएको छ । कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको र निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर…

एशियाकै दाेस्राे फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रुपमा विकास गरिने
आर्थिक परिवेश१६ साउन,काठमाडौं। नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, वालउद्यानलगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिने छ…

विश्व बैंकले नेपालकाे स्वास्थ्य क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने
आर्थिक परिवेश१६ साउन,काठमाडौँ । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो । विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक सय मिलियन डलर ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन ग्रान्ड दिने र उक्त विषय मन्त्रिपरिषद्बाट स्वीकृत…

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल
आर्थिक परिवेश१५ साउन , काठमाडौं । काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री प्रचण्डले छलफल गर्नु भएकाे छ । सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गर्नु भएकाे हाे । छलफलका क्रममा काठमाडौं उपत्यका दिनहँु देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो । छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराउँनु भएको छ । विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको…

लगानी बोर्डले राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पुरयाउनु पर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । आइतवार विहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरण सहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा वताउनुभएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आ.व.२०७९÷८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुवातमा बोर्डका अध्यक्ष रहनुभएका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने व्यवस्था रहेकाे छ । बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार…