संघीय सरकारबाट विकास निर्माणमा सहयोग नहुँदा विकास गर्न सकिएन : मुख्यमन्त्री शर्मा
आर्थिक परिवेश

२७ मंसिर सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भएकाे  छ  । राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले  कर्णाली प्रदेशको द्रुत विकास आवश्यक रहेको बताउनु भयो । उहाँले १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै त्यसका…

नेप्से ३६.८६ अंकले बढ्यो, काराेबार घटेर ४ अर्ब ३० करोडमा
आर्थिक परिवेश

२६ मंसिर, काठमाडौं।  नेपाली शेयर बजारकाे परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ। बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो। परिसूचक अपराह्‍न २:२० बजे सम्ममा  बढेर १९९० बिन्दुमा पुगेकोमा  त्यसको १३ मिनेटमा १९७५ बिन्दुमा झरेको थियो। त्यसपछि बढेर अन्तिममा १९८५.४४ बिन्दु कायम भएको छ। राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि सेयर बजार बढेको हो। होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ। जलविद्युत, वित्त र जीवन बिमा उपसमूहको सूचक पनि ३ प्रतिशत भन्दा बढी उकालो लागेको छ। बोटलर्स नेपाल बालाजु, धौलागिरी लघुवित्त लगायत ८ कम्मपनीको सेयर मूल्यमा…

साेमवार नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे काराेवार रकमले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश

२५मंसिर, काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार  दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन । यस दिन  कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर  चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा किनबेच भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  २५ करोड १५ लाख ६०…

वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी
आर्थिक परिवेश

२५ मंसिर, काठमाडौँ ।  आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो । नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो…

नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश

२४ मंसिर, काठमाडौ ।  मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…