चार महिनामा सवा अर्बको सिमेन्ट र क्लिकंर निकासी,नगद अनुदानले बढ्याे सिमेन्टको व्यापार
आर्थिक परिवेश

०७ मंसिर,काठमाडौं।  चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट १ अर्ब १३ करोड रूपैया बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएकाे उल्लेख छ । नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म नेपाल सिमेन्ट र क्लिंकरमा परनिर्भरताकाे अवस्थामा थियो। विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख…

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न परियोजना प्रतिवेदन (डिपिआर) तयार
आर्थिक परिवेश

०६ मंंसिर, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उहाँले बताउनुभयो । “सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको हो ।” डिपिआरमा सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर…

मंगलबार घटेको सेयर बजार बुधबार २०.६७ अंकले बढ्याे
आर्थिक परिवेश

६ मंसिर, काठमाडौं ।  मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो । कुल १९५ कम्पनीहरूको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै उपसमूहका सूचकहरू बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढेकाे छ  । अंकका आधारमा वाणिज्य बैंक समूह…

अर्थतन्त्र सुधार्न गोलमेच बैठक बोलाउने प्रधानमन्त्रीकाे तयारी, सोमबार तयारी बैठक
आर्थिक परिवेश

०३ मंसिर,काठमाडौं।  बिग्रँदो अर्थतन्त्र सुधार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार डाकेको बैठक अनौपचारिक तयारी बैठक मात्र हुने भएको छ। सोमबार दिउँसो ४ बजे बैठक तय भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतलाई डाक्नु भएकाे  छ । सोमबारको बैठक अनौपचारिक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयाे । ‘सोमबारको बैठक ब्रिफिङका लागि मात्र हो। यसमा सरकारी निकायहरुबीच आन्तरिक ब्रिफिङ हुने र गोलमेच बैठकको कार्ययोजना बनाउने विषयमा केन्द्रित हुनेछ,’ आचार्यले जानकारी दिनु भयाे । शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी…

सरकारले चार महिनामा करिव १० प्रतिशत मात्र पूँजीगत खर्च गरयो
आर्थिक परिवेश

०२ मंसिर,काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो चार महिनाकाे  अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । कात्तिक मसान्तसम्म चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार कात्तिक मसान्त सम्ममा सरकारको बजेट तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु खर्च शीर्षकमा हालसम्म दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ । यस अवधीमा पूँजीगत शीर्षकमा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख…