तीन महिनामा करिब चार खर्ब बराबरको व्यापार घाटा
आर्थिक परिवेश

०९ कार्तिक, काठमाण्डौ ।    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको छ । असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापार गर्दा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ । पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२…

बीरगंज नाकाबाट २ अर्ब ४ करोडको ड्राई फ्रुट्स भित्रियो
आर्थिक परिवेश

०६ कार्तिक,काठमाण्डौ ।   यस बर्षको तिहार र छठपर्वलाई लाक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट ड्राई फ्रुट्स, भाई मसला चकलेट तथा अन्य फलफुल गरी २ अर्ब ४ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपाल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै १ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ चकलेट आयात भएको छ । इस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ४४ करोड ५० लाख भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको…

बीरगंज भन्सारबाट ३ महिनामा ८९ प्रतिशत राजस्व असुली
आर्थिक परिवेश

०२ कार्तिक वीरगञ्ज ।     एकीकृत भन्सार जाँच चौकी आईसिपी) बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को तिन महिनाको अवधिमा ५८ अर्ब २३ करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थमन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई तिन महिनाको लागी ६५ अर्ब ६१ करोड २१ लाख राजस्व उठाउने लक्ष्य तोकेको थियाे । सो समयमा भएका विभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्र भावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सार वीरगन्जका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले बताउनुभयो । आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ११ प्रतिशत कम राजस्व…

पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक तीन अर्ब ढुवानी खर्च बचत
आर्थिक परिवेश

  ०१ कार्तिक  काठमाडौँ ।    नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१  लाख लिटर मट्टितेल आयात भएको   प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा…

भदौ महिनामा कुल वस्तुनिर्यात ८८.६ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२८ असोज, काठमाण्डौ ।   चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा कुल वस्तुनिर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ । नेपाल राष्ट्र बैकले मंगलवार प्रकाशित चालु आर्थिक बर्षको भदौ महिनाको आर्थिक…