वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
आर्थिक परिवेश

माघ १३ काठमाडौं ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको बताउनु भएको हो । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैङ्कर्स एशोसियसन, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताउनु भयो…

जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई कम्बल वितरण
आर्थिक परिवेश

०८ माघ  काठमाडौँ ।    नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताउनुभयाे …

सुनकाे मुल्य ताेलामा ११ सयले बढ्याे
आर्थिक परिवेश

०८ माघ, काठमाण्डौ ।    मंगलवार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाले बढेको छ । सोमबार प्रतितोला एक लाख ५७ हजारमा किने भएको सुन मंगलवार एक लाख ५८ हजार एक सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाले बढेर प्रतितोला एक हजार आठ सय ७५ रुपैयामा किनबेच भएको छ ।  

कृषि विकास बैंकले उद्देश्य पुरा गर्न सर्वोच्च प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

०७ माघ,काठमाण्डौ ।    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यस काममा बैकले सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा सोमवार बैक प्राड.गणमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्न निर्देशन दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री पोडेलले बैंकहरुबाट कर्जा लगानी अपेक्षितरूपमा बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनु भयो । बैंकहरूमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय भएको अर्थ मनत्री पौडेलको भनाइ थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय…

नबिल बैंकले नोक्स प्रविधिमा आधारित २० थान मोबाइल उपलब्ध गरायाे
आर्थिक परिवेश

 ०४ माघ,  काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गर्नु भएकाे हाे । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नक्स प्रविधि प्रयोग भएका मोबाइल अरु मोबाइल भन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन गर्न तथा अरु ट्राफिकका दैनिक कामकाज डिजिटल रुपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिनु भयाे  । बैंकका वरिष्ठ नायव…