सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदमा परिवर्तन
आर्थिक परिवेश३२ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदर परिवर्तन गरेको छ । कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो । कोषले सञ्चयकर्तालाइ दिने ब्याजदर सहति सापटीमा लिने ब्याजदर पनि परिवर्तन गरेको छ । उसले लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरेको जनाएको छ । कोष सञ्चालक समितिले १ साउनदेखि लागु हुने गरी निर्णय गरेको हो । कोषले विशेष सापटी बाहेक धितोमा आधारित सापटीको ब्याज नियमित चुक्ता गर्ने…
नेपाल बीमा प्राधिकरणको अध्यक्षको रूपमा सेवन्तक पोखरेलकाे सपथ
आर्थिक परिवेश३१ असार, काठमाडाै । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिनु भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिनु भएको हो । हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बन हुनु भएको थियो…
नेपाल बीमा प्राधिकरणकाे नीति तथा कार्यक्रम सार्वजनिक
आर्थिक परिवेश२४ असार, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम मंगलवार सार्वजनिक गरेकाे छ । नेपाली बीमा क्षेत्रकाे नियमनकारी निकायकाे रूपमा पहिलाेपटक बीमा प्नाधिकरणले नीति तथा कार्यक्म ल्याएकाे हाे । मंगलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणाका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भयाे । नीति तथा कार्यक्रम सार्वजिनक गर्नुहुँदै अध्यक्ष ओझाले नीति तथा कार्यक्रम बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट तर्जुमा गरी कार्यान्वयन गर्ने बताउनुभयो । बीमा क्षेत्रलाई प्रक्षेपित रूपमा अगाडि बढाउन वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले…
रसुवागढीबाट हुने नेपाल चीन दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद
आर्थिक परिवेश२४ असार, काठमाडौं । नेपालर चीन बीचकाे दाेस्राे ठूलाे व्यापारिक नाका रसुवागढीबाट हुने दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद भएकाे छ । बाढीले पुरयाएकाे क्षतिका कारण त्यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ । चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुने बाहेक व्यापार यी दुई नाकाबाट मात्र हुने गरेको छ…
सबै क्षेत्रलाई समेटेर लैजाने गरि मौद्रिक नीति ल्याउने तयारी : गभर्नर
आर्थिक परिवेश२२ असार, काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैङ्क तथा वित्तीय संस्थामा समस्या देखिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतवार काठमाण्डौमा आयोजना गरेको पूर्व–मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर अरू सबै क्षेत्रलाई सँगसँगै लैजाने गरि आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताउनुभयो । वित्त नीति र मौद्रिक नीतिबिच समन्वय चाहिन्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै गभर्नर पौडेलले पछिल्लो समय मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाका वासलातमा भन्दा…