नागरिक लगानी कोषले नाफाबाट १३ प्रतिशत लाभांश दिने
आर्थिक परिवेश

 ०१ माघ,  काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारण सभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकामा गत…

५ महिनामा विप्रेषण आप्रवाह छ खर्ब ४० अर्ब ४३ करोड
आर्थिक परिवेश

 २७ पुष, काठमाडौँ ।    चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म  छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ ।…

खाता खाेल्न माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य
आर्थिक परिवेश

  २५ पुष,काठमाडाैं ।     नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा मात्रै खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो । परिपत्रमा भनिएको छ, ’बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ।’ २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था…

आर्थिक पत्रकारहरूलाई १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’
आर्थिक परिवेश

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)का सदस्यहरूको साँढे  १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो । आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सदस्यको सामूहिक दुर्घटना बिमा गराएको हो । कुल बिमाङ्क रकम रु १६ करोड ४५ लाख रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले…

सुन ताेलामा १५ सय रुपैयाले घट्याे
आर्थिक परिवेश

२१ पुष  काठमाडौँ ।    नेपाली बजारमा आइतवार सुनको मूल्य उच्च रकमले  घटेको  छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला  एक हजार पाँच सयरुपैयाले  घटेको हो । शुक्रबार प्रतितोला  एक लाख ५३ हजार पाँच सय रुपैयामा कारोबार भएको छाप भएकाे सुन आइतवार प्रतितोला  एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला  एक हजार आठ सय १० रुपैयामा कारोबार भएकाे छ ।