जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि ७ अर्ब ६० कराेड अनुदान सहायता उपलब्ध हुने
आर्थिक परिवेश२१ भदाै काठमाडाै । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नविकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो। वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट…
अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिटमा अलपत्र
आर्थिक परिवेश११ भदाै काठमाडौँ । अमेरिका जान हिँडेका १७६ जना नेपाली नागरिक ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा अलपत्र परेका छन् । दूतावासले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै त्यहाँ अलपत्र परेका सबै नेपाली यात्रुहरू सकुशल रहेको जनाएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रूपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी…
विकासोन्मुख र अल्प विकसित मुलुकहरुलाई विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको छ : अर्थमन्त्री
आर्थिक परिवेश०४ भदौ काठमाडौंं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताउनु भएको छ । त मुलुकहरुको सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताउनु भयो । संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा काठमाण्डौमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताउनुभएको हो । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो त्यसैले…
क्यानडा जाने विद्यार्थीहरुका लागि दूतावासले दियाे ७ वुदे सुझाव राम्राे जानकारी लिएर आउन आग्रह
आर्थिक परिवेश१ भदौ, काठमाडौं । अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ । अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ । अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो । यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो । यस्तै, दूतावासले जारी गरेका सूचना ( वेबसाइट, फेसबुक…
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने
आर्थिक परिवेश३१ साउन, काठमाडाै । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायतामा वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिनु भएको हो । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने…