अर्थमन्त्री डा. प्रकाशशरण महत जीईएफको  उपाध्यक्षमा निर्वाचित
आर्थिक परिवेश

०८भदाै भ्यानकुभर, क्यानाडा ।  अर्थमन्त्री डा. प्रकाशशरण महत  ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को  उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । आज ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट  एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभयो । साथै, उहाँले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गर्नुभयो । यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ…

वैदेशिक रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्न योजना तयार गर्नुस : प्रम
आर्थिक परिवेश

०७भदाै,काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा उहाँले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्क र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिनुभयो ।   प्रधानमन्त्री दाहालले देश गरिब हुँदा दुःख पाइएको उल्लेख गर्दै देश धनी बनाउने दिशातर्फ केन्द्रित हुने गरी वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी बनाउन आवश्यक भएको बताउनुभयो ।   वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र वैधानिक…

गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गर्ने क्रम शुरू
आर्थिक परिवेश

०४ भदाै, काठमाडाैं । आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गर्ने क्रम शुरू भएकाे छ  ।    काठमाडाैमा हुने गैर आवासीय नेपाली संघकाे विश्व सम्मेलनकाे क्रममा  आगामी  दुइ बर्षे कार्यकाल सन् २०२३–२५  लागि  हुने निर्वाचनका लागि अध्यक्षमा हालका उपाध्यक्ष महेश श्रेष्ठले  उम्मेदवारी दिने घोषणा गर्नु भएकाे छ । एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार लण्डनमा  आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताउनु भयाे ।  उनले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिनु भयाे  । संघका महासचिव डा केशव…

विदेशका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु : प्रमुख निर्वाचन आयुक्त
आर्थिक परिवेश

३० साउन, काठमाडाैं ।  गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताउनुभयो । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय…

ज्वेलरी शो २०२३’ सम्पन्न ब्यापार प्रवर्द्र्धन तथा प्रविधि हस्तान्तरणमा फलदायी : महासंघ
आर्थिक परिवेश

२८ साउन,मुम्वई भारत ।  भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा विदाई गर्नुभएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले मेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत…