चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक धनाढय ज्याक मा काठमाण्डौंमा
आर्थिक परिवेश

१२ असार, काठमाडौं ।  चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक धनाढय अर्बपती ज्याक मा काठमाण्डौं आउनु  भएकाे  छ । उहाँ सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिनु भयाे । अर्बपती ज्याक मा  चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुग्नु भएकाे हाे । ज्याक मा सवार निजी जहाज काठमाडौं अवतरण गरेको र उहाँ सँग एउटा टोली पनि नेपाल आएको छ । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक…

प्रधानमन्त्रीकाे उपस्थितिमा एनआरएनए संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच एकताका लागि सहमति
आर्थिक परिवेश

 ०३ असार, काठमाडाैं  । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच  १८ जून २०२३ आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सँगै आगामी अक्टोबरमा हुने  ११ औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने भएको हाे । यसको लागि दुवै पक्षका…

अष्ट्रेलियामा नेपालीहरु उद्यमी बन्दै रियलस्टेटमा प्रभाव बढाउदै मल्टी डाइनामिक
आर्थिक परिवेश

१ असार, काठमाडाै  ।  अध्ययन र रोजगारीका लागि अष्ट्रेलियामा गएका नेपालीहरु पछिल्लो समय विभिन्न उद्यममार्फत स्थापित हँदै गएका छन् । अष्ट्रेलिया नेपालीहरुको लागि शिक्षा आर्जन,अवसरको श्रृजना तथा उद्यम र व्यवसाय गरी स्थापित हुुने उपयुक्त थलोको रुपमा विकास हँदै गएको छ । अध्ययन, रोजगारी तथा बसोबासको हिसावले नेपालीहरु अष्ट्रेलियाका सातवटै राज्यहरुमा छरिएर रहेका छन भने मुख्यरुपमा न्यु साउथवेल्स, क्वीन्सल्याण्ड र भिक्टोरीयामा नेपालीहरुको वाक्लो र प्रभावकारी उपस्थिति हुँदै गएको छ । यस क्रममा नेपालीहरुले शिक्षा,सूचना र प्रविधि,अडिट सेवा, शैक्षिक परामर्श र हाउजिड.लगायतका क्षेत्रमा राम्रो काम गरेर अष्ट्रेलियाको अर्थतन्त्रमा राम्रो योगदान पु¥याउन थालेका थालेका छन् । अष्ट्रेलियामा छोटो समयमा स्थापित भएको र नेपाली…

८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन, ओमानमा  
आर्थिक परिवेश

३२ जेठ,काठमाडाै ।  अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित यही जुन २८ देखि ३० तारिखसम्म गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय परिषद्को  आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन  आयोजना हुने भएकाे छ । गैर आवासीय नेपाली स‌‌‌घ राष्ट्रिय समन्वय परिषद् ओमानको आयोजना  अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन नीति तथा कार्यान्वयन लगायतका  विषयमा छलफल हुनेछ । मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका…

११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजार भन्दा बढिले मृत्यु
आर्थिक परिवेश

२८ जेठ, काठमाडौं।   चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढिले मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकको मृत्यु भएको हो । चालू आवमा मधेश प्रदेश र कोशी प्रदेशबाट मात्रै ४ सय ९४ जनाको मृत्यु भएको छ जसमध्ये १६ जना महिला श्रमिक रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट २ सय ३५, गण्डकी प्रदेशबाट एक सय ३९ श्रमिकले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशका एक सय २५, कर्णाली प्रदेश ५० र सुदूरपश्चिम प्रदेशबाट २० जना श्रमिकले ज्यान गुमाएका…