अष्ट्रेलियाका नेपालीलाई यतीबेला चुनावकाे भल छाेपाइ  
आर्थिक परिवेश

 ३० असार, काठमाडाै‌ । अष्ट्रेलियाका नेपालीलाई यतीबेला आफनो प्रतिनिधि छनौटका लागि  चुनाव लागेकाे  छ  । करिव १ लाख ५० हजार नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको साझा संस्था गैर  आवासीय नेपाली संघको निर्वाचनले यति वेला माहौल तताएको छ । २०२३ जुलाई २९ तारिखमा हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षको पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन्। महासचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारीको वारेमा अध्ययन भैरहेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका उम्मेदवारहरुले हाल अष्ट्रेलियाका नेपालीहरुको बाक्लो बसोबास रहेका विभिन्न प्रदेशहरुको चुनावी भ्रमण गरिरहेका छन् । निर्वाचनका लागि राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाका पूर्व…

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता
आर्थिक परिवेश

२६ असार,काठमाडौं ।   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर  श्रेष्ठ र चीन  सरकारको  नेसनल  डेभलपमेन्ट  एण्ड  रिफर्म  कमिसन (एनडिआरसी) का उपाध्यक्ष  छोङ्ग  लियाङ्ग  बीच  चीनको वेइजिङ्ग स्थित एनडिआरसीको  कार्यालयमा  भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो । नेपाल आगामी १६औ योजना  तर्जुमा गर्न  गइरहेको सम्वन्धमा  आगामी दिनमा चिनियाँ  समकक्षी  निकाय  एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने…

एनआरएनएले दक्ष  जनशक्ति उत्पादनका लागि सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने
आर्थिक परिवेश

 २४ असार,काठमाडाै ।   गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष  जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार(९ जुलाई २०२३) आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिनुभयो । दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकार केन्द्र, प्रदेश सरकार र स्थानीय निकायहरुसँग समेत समन्वय गरी आवश्यक कार्यहरु अघि बढाउने केसीले बताउनुभयो । कार्यक्रममा  संघका अध्यक्ष कुल आचार्यले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष  जनशक्तिको माग सम्बोधन…

नारायणगढ–मुग्लिन तथा नारायणगढ बुटवल सडक खण्डको सास्तिका कारण विमान चढने बढे
आर्थिक परिवेश

२३ असार, नवलपरासी ।  निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडक खण्डको सास्तिका कारण त्यस बाटो भएर यात्रा गर्ने प्राय सबै यात्रुले असुरक्षित महसुस गर्न थालेका छन् । खाल्डा खुड्लीका कारण र अहिले बर्षायामको पहिरोले दिनहुजसो सडक अवरुद्ध हुदा ज्यानकै जोखिम मोल्नु पर्ने अवस्था छ । ठाउँ ठाउमा जाने पहिरोले दुर्घटनाको जोखिम उच्च रहेको छ ।भने अर्का तिर समयमै गन्तब्यमा पुग्न सक्ने अवस्था पनि छैन। सडकको यहि दुर्दशाका कारण अहिले आन्तरिक तर्फका हवाईयात्रुको संख्यामा वृद्धि भएको छ ।  पश्चिम् नेपालको भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल प्रयोग गर्नेको संख्या दिनहुँजसो बढेको बायुसेवा कम्पनीहरुको भनाई छ । अहिले भैरहवा काठमाडौ उडान गर्दै आईरहेको बुद्ध…

नेपालको पहाडी क्षेत्रको पानी हङकङ र मकाउ निर्यात शुरु
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।   निर्यातकाे संभावना  रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च…