विश्व बैक, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षहरूसंग नेपालमा लगानी बढाउन अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

५ वैशाख , वासिड.टन डिसि ।   अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेन तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति  छुट्टाछुट्टै वार्ता गर्नु भएकाे छ  । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग अर्थमन्त्रीले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिनु भयाे  । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको अर्थमन्त्रीले बताउनु भयाे । अर्थमन्त्रीले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भेटका क्रममा उहाँहरूलाइ आग्रह गर्नु भयाे  ।…

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह
आर्थिक परिवेश

०२ बैशाख, काठमाडौं।  इजरायलमाथि इरानी हमला बढेपछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आइतार अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन पनि दुतावासले आग्रह गरेको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुरोध गरेको छ । दुतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको दुतावासले उल्लेख गरेकाे छ  । इजरायलमाथि इरानी हमला सुरु…

सुनकाे मुल्य प्रतितोला एक लाख ३५ हजार छ सय पुग्याे
आर्थिक परिवेश

 २५ चैत्र, काठमाडौँ ।  नेपाली बजारमा बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक…

विप्रेषण आप्रवाह गत बर्षकाे तुलनामा ४.३ प्रतिशतले घट्याे
आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा नौ खर्ब ६१ अर्ब २२ करोड रूपैया बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार  सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार  विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ताे विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय…

गैर अवासीय नेपाली संघका दुबै समिति खारेज ६ महिना भित्र एकता महाधिवेशन गर्न निर्देशन
आर्थिक परिवेश

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई मान्यता दिदै सर्वाेच्चले ६ महिनाभित्र एकता महाधिवेशन गराउन निर्देशनात्मक   आदेश दिएको छ । २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशनबाट कुल आचार्य, रविना थापा र बद्री केसी एक एक वर्ष अध्यक्ष रहने घोषणा भएको थियो । तर अर्को समूहले विनोद कुँवर अध्यक्ष, उमेशकुमार पुडासैनी उपाध्यक्ष र जानकी गुरुङ महासचिव भएको समिति गठन गरेको थियो । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बद्री केसी र…