दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न अध्यक्ष ढकालकाे आग्रह
आर्थिक परिवेश

२० जेठ, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गर्नु भएको छ । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा अध्यक्ष ढकालले नेपालमा बेलायती लगानी आएमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने बताउनु भयो । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएकोले नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराउदै जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनु भयो । भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन…

भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग
आर्थिक परिवेश

  १९ जेठ, काठमाडौँ । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सडक आन्दोलन र न्यायालयको ढोका ढकढक्याउन बाध्य हुने चेतावनी दिए । समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विगतका छवटा वार्तामा कुनमा के भयो र अब कसरी सकारात्मक नतिजा हासिल गर्न सकिन्छ भन्नेमा सरकारबाट आवश्यक वातावरण र पर्याप्त पूर्वतयारीको खाँचो औँल्याए । ब्रिटिस भूपू गोर्खा सैनिकका मागलाई सम्बोधन गर्न बेलायत सरकारसँग आवश्यक परामर्श गर्न प्रतिनिधिसभा…

क्यानडाको एडमन्टन सहरमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना
आर्थिक परिवेश

काठमाडौँ, ९ जेठ ।  आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो ।   त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले कला, संस्कृति, परम्परा, रहनसहन, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशाल हिमशृङ्खला र अतिथिको सधैँ सत्कारमा रमाउने नेपालीको देश हरेक उमेर समूहका लागि आकर्षकको केन्द्र भएको बताउँदै एकपटक नेपालको भ्रमण गर्न आह्वान…

जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन राष्ट्रपतिकाे आग्रह
आर्थिक परिवेश

०८ जेठ , काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । “हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गम्भीर बनोस् भन्ने मेरो आग्रह छ”, राष्ट्रपति  पौडेलको भनाई उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँले विमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले बङ्गालको खाडी…

नेपाल र बेलायतबीच मैत्री  सन्धी हस्ताक्षर भएको सय बर्ष बेलायती प्रधानमन्त्रीकाे नेपाली समुदायसंग भेट
आर्थिक परिवेश

०८ जेठ,काठमाडाैं ।    नेपाल र संयु्क्त अधिराज्य(बेलायत)बीच सन् १९२३ मा सम्पन्न मैत्री  सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा मंगलवार एक विशेष समारोहको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनाकलेनेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो । बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दैउहाँले बिभिन्न क्षेत्रमा ख्यातिप्राप्तबेलायतमा रहेकानेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताउनुभयो। आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताउनुभयो। बेलायतका लागि नेपाली राजदूत…