नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न
आर्थिक परिवेश१५ पुष,काठमाडौं । आफूले सिकेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने र नयाँ पुस्ताका नेपाली डायस्पोरालाई नेपालसंग जोड्ने ५ बर्षे कार्ययोजना निर्माण लगायतका विभिन्न निर्णय गर्दै युनाइटेड नेपाली डायस्पोराको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डायस्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरूको हितका लागि काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । साधारण सभाले अमेरिकाका सोनाम लामाको अध्यक्षतामा १४ सदस्यीय अन्तराष्ट्रिय कार्यसमिति समेत चयन गरेको छ । मध्यपूर्व र अफ्रिकाको उपाध्यक्षमा पासाड. रिन्जी शेर्पा युएई,एशियाको उपाध्यक्षमा त्रिलोक गुरुड….
विश्वव्यापी नेपाली डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरुको हितका लागि काम गर्नु पर्छ
आर्थिक परिवेश१४ पुस,काठमाडौँ । विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ । युनाइटेड नेपाली डायस्फोरा(अन्डो)द्वारा यहाँ आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरुले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरुमा आधारित रहेर विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरुको हितका लागि काम गर्ने जनाउनुभएको छ । सो अवसरमा वरिष्ठ समाजसेवी र सिएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको पुँजी र ज्ञानलाई मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिहरुलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले…
अष्ट्रेलियाको आर्थिक नगर मेलबर्नमा मेड इन नेपाल मेला सम्पन्न
आर्थिक परिवेश०२ पुष काठमाण्डौ । अष्ट्रेलियाको आर्थिकनगर मेलबर्नमा शनिबारबाट भएको मेड ईन नेपाल एक्स्पो नेपालका उत्पादनहरुको बजारीकरण गर्दे सम्पन्न भएको छ । अष्ट्रेलियाका नेपाली संघ संस्थाहरुको सहयोगमा नेपाली महिला उद्यमी महासंघले आयोजना गरेको मेलामा नेपालमा निर्मित सामग्रीहरुको प्रदर्शनी र बिक्री गरिएको थियो । मेला तथा प्रदर्शनीको भिक्टोरिया राज्यको मेरीब्रोनांग सिटी काउन्सिलका मेयर प्रदिप तिवारीले शुभारम्भ गनर्् हुँदै नेपाली उत्पादनका सामाग्रीहरु अष्ट्रेलियाको मेलबर्नमा बिकि वितरणमा सहजीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले अष्ट्रेलियामा नेपाली समुदाय तथा स्थानीय समुदाय बीच नेपाली उत्पादनको बजारीकरण गर्न प्रर्दशनीले सहयोग गर्ने बताउनु भयो । उहाँले नेपाली सामान प्रबद्र्धन…
नेपाल टेलिकमले रोबोट प्रविधिको प्रयोग गरेर ग्राहकलाई सेवा दिन थाल्याे
आर्थिक परिवेश०२ मंसिर, काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिनु भयाे । ‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौ,’ उहाँले भन्नु भयाे , ‘सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’ रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले बताउनु भयाे । रोबोटले सेवाग्राहीका…
नेपालका ३ बैज्ञानिक विश्वका प्रतिष्ठीत पुरस्कारहरूबाट सम्मानीत
आर्थिक परिवेश०१ मंसिर, काठमाडौँ । नेपालका तीनजना वैज्ञानिकहरू विश्वका प्रतिष्ठीत पुरस्कारहरूबाट सम्मानीत हुनु भएकाे छ । त्यस मध्ये द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास) पुरस्कारबाट दुइ जना र द जोन म्याडक्स’ पुरस्कारबाट एक वैज्ञानिक पुरस्कृत हुनुभएको हाे । ट्वासले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टकी वरिष्ठ वैज्ञानिक डा.टिस्टा प्रसाईँ जोशी र त्रिभुवन विश्वविद्यालयका रसायन शास्त्र सह–प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक डा.प्रसाईँले ४ हजार अमेरिकी डलर बरावरको “समिरा ओमर इनोभेसन फर सस्टेशनएविलिटी अर्वाड” प्राप्त गर्नुभएको छ भने सह –प्राध्यापक दाहालले ५ हजार अमेरिकी डलर बराबरको “अट्टा उर रहमान अवार्ड” प्राप्त गर्नुभएको छ । ट्वासले नेपालका वैज्ञानिक प्रसाईँलाई…