उत्पादन र प्राकृतिक श्रोतको सदुपयोग गर्न सके व्यापार घाटा कम गर्न सकिन्छ : मुख्यमन्त्री गिरी
आर्थिक परिवेश२५चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताउनुभएको छ । नेपालमा आर्थिक संकट कम गर्ने उपायका रुपमा ढुङ्गा तथा गिट्टी बालुवा बेच्न र बनमा रहेको काठको उपयोग गरेर देशले फाइदा लिनु पर्ने उहाँकाे प्रस्ताव थियाे । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभाको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले हामीसँग जे छ त्यो हामीले बेच्नुपर्दछ भन्नुहुँदै उपयोगविहीन भएर बसेका भीर र पहाडहरू काटेर ढुङ्गा बेच्न सकेमा मुलुककाे व्यापार घाटा कम हुने तथा यातायात…
बूढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरणको बहुमत शेयर स्वामित्व हुने गरी अघि बढाउने तयारी
आर्थिक परिवेश२१ चैत्र, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउनका लागि प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन अनुसार आयोजना अगाडि बढाउनका लागि शेयर संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको थियो । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको स्वागतार्थ प्राधिकरणमा आयोजित कार्यक्रममा…
नेपालमा छाेरीभन्दा छाेरा जन्मने क्रम ५ प्रतिशतले बढयाे
आर्थिक परिवेश११ चैत्र, काठमाडाैं । नेपालकाे नयाँ जनगणानाले नेपालमा छोरीभन्दा छोरा ५ प्रतिशतले बढी जन्मिएको पाइएकाे छ । शुक्रवार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको देखाइएको हो । जनगणना अनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका मध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए । जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन् । नेपालमा १५–४९…
सामाजिक सुरक्षा योजनामा चार वर्षमा चार लाख ३० श्रमिक सूचीकृत
आर्थिक परिवेश१० चैत्र,काठमाडाैं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार बर्षमा चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोसी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट…
बजेट अभावको कारण वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन अन्यौलमा
आर्थिक परिवेश०७ चैत्र, वीरगञ्ज । दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहँदा बजेट अभावको कारण सञ्चालन कार्यमा अन्यौलता देखिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १० वर्षसम्म कारखाना सञ्चालनको जिम्मा लिएर मर्मत सम्भारको कार्यलाई तीव्रता दिए पनि अर्थ मन्त्रालयले समयमा बजेट निकास नगर्दा कारखाना सञ्चालन पुनः अन्यौलमा परेको छ । पूर्व राजा स्वर्गीय महेन्द्रले तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ साल फागुन २८ गते वीरगञ्जमा कृषि औजार कारखानाको स्थापना गर्नुभएको थियो । तत्कालीन समयमा वार्षिक ११ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको कृषि औजार कारखाना २०५९ साल…