
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश२१असार , काठमाडौँ। प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ। बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो। विश्वविद्यालयको २३ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पछिल्लोसमय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ। यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ।’’ संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘संघीय शिक्षा…

उद्याेगीहरूले भेटे उद्याेग मन्त्री चोरी पैठारी नियन्त्रणमा कडाई गर्न माग
आर्थिक परिवेश२० असार, काठमाडाैं । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच बुधवार छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र,औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल गर्नुभएको हो । परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताउनुभयो । उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उहाँले जोड दिनुभयो । ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाई गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत…

श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एशोसिएसन
आर्थिक परिवेश१९असार,काठमाडौं । काठमाडौं पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी समेत हुनुहुन्छ । वि.सं.२०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन् । त्यस विद्यालयका विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी विदेशिएका छन् । प्रथम ब्याचका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको हो । पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर…

सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ : प्रधानमन्त्री
आर्थिक परिवेश१८ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ । जि.पि कोइराला मेमोरियल कलेजको १२ औ बार्षिक तथा गिरिजाप्रसाद कोइरालाको शतबार्षिक समाराेहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सामान्य रुपमा देशमा सुधार हुने सम्भावना नभएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताउनु भएकाे हाे । प्रधानमन्त्री दाहालले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेसपार्टीलाई तरङ्गित नहुन आग्रह गर्नुहुँदै कम्युनिष्टहरुबीच एकता भए पनि काँग्रेससँगको सम्बन्ध नटुट्ने बताउनुभयो । विगतका राजनीतिक आन्दोलनहरूमा कांग्रेस र कम्युनिष्ट मिलेर लडेकै कारण हालसम्मको उपलब्धि हासिल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको कार्यभार पूरा गरी मुलुकलाई समृद्धितर्फ…

औद्योगिकीकरणमा नयाँ शुरुआत : थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने
आर्थिक परिवेश१५ असार,काठमाडाैं । मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक…