
बर्षे खेतीको सिजनका लागि किसानलाई मल अभाव हुने मल आइपुगेन
आर्थिक परिवेश१९ असार, काठमाडौं। बर्षे खेतीको सिजनका लागि बजारमा यस पटक पनि किसानलाई मल अभाव हुने देखिएको छ । मल आयातको जिम्मेवारी पाएका सरकारी संस्थानहरु साल्ट ट्रेडिङ करपोरेशन र कृषि सामग्री लिमिटेडले समयमै आवश्यक मात्रामा मल आयात गर्न नसक्दा मल अभाव हुने स्थिति श्रजना भएको हो । दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेका छन् । तर पोटास मल भने हालसम्म आयात हुन सकेको छैन । चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार…

राष्ट्रिय धान दिवस मनाइयाे एक लाख ३० हजार हेक्टर जमिन बाँझो
आर्थिक परिवेश१५ असार, काठमाण्डौ । असार १५ गते मानो रोपेर मुरी फलाउने दिन तर समयमा बर्षा नहुँदा देशका विभिन्न स्थानमा पानीकाे अभावमा धान राेपाइ हुन सकेकाे छैन । यस दिन नेपालमा विभिन्न कार्यक्रम सहित धान रोपाई गरेर २० औं राष्ट्रिय धान दिवस भने मनाइएको छ । यसै अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग…

सरकारले वर्गीकृत किसान पेन्सन योजना अघि सारेको छ : कृषि मन्त्री भुषाल
आर्थिक परिवेश१२ असार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रका आधारभूत सेवालाई सर्वसुलभ बनाई योगदानमा आधारित वर्गीकृत किसान पेन्सन योजना अघि सारिएको बताउनुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले कृषि देशलाई उठाउने आधार भएकाले किसानहरूको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनु भयाे । मन्त्री भुषालले कृषि तथा पशुपन्छी बिमाको प्रिमियममा अनुदान दिने भन्दै बीउ बिजनमा दिने अनुदान खारेज नगरिएको स्पष्ट पार्नुभयो । मन्त्री भुसालले ७८ हजार ४ सय २२ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र असार महिनामा ४५ हजार मेट्रिक टन र साउन महिना भित्र…

पूर्वका पहाडि क्षेत्रमा फलेकाे नेपाली स्कुस भारत निर्यात हुने
आर्थिक परिवेश०२ असार,इलाम । इलाम लगायत पूर्वका पहाडि क्षेत्रमा फलेकाे नेपाली स्कुस अब वैधानिक रुपमा भारत निर्यात हुने भएको छ । वर्षौंदेखि अवैध रूपमा निर्यात भइरहेको नेपालमा उत्पादन भएको स्कुसलाई प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको छ , योसँगै राम्रो नगदे बाली स्कुस अब भारत निर्यात सहज भएको छ । इलामलगायत पूर्वका विभिन्न जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतमा ठूलो परिमाणमा स्कुस उत्पादन हुन् गरेको भए पनि निर्यात सहज नहुँदा किसानले सास्ती खेप्नुपरेको थियो । कुन बेला भारतले रोक्ने हो वा बीच बाटोमा के हुने हो भन्ने चिन्ताले किसान, सङ्कलक, व्यापारी, मजदुर सबैलाई सताउने गरेको थियो । तर अब प्लान क्वारेनटाइन लिस्टमा स्कुसको नाम…

स्थानीय उत्पादनलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री
आर्थिक परिवेश३२ जेठ,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभयो । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन…