सरकार कृषिजन्य वस्तुको आयात रोक्न तयार छ : कृषि मन्त्री साह
आर्थिक परिवेशमाघ २१, चितवन । कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी शाहले सरकार कृषिजन्य वस्तुको आयात रोक्न तयार रहेको बताउनु भएको छ । कृषिमन्त्री साहले आयात रोक्न नाकाहरुमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाईका साथ लाग्न र कृषि क्षेत्रको समस्या समाधान गर्न तयार रहेको बताउनुभयो । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको चितवनमा आयोजित तेस्रो साधारण सभा तथा अधिबेशनमा बोल्दै कृषिमन्त्री साहले कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नु आवश्यक भएको बताउनुभयो । सबैभन्दा बढी समस्या कृषि क्षेत्रमा रहेको भन्दै उहांँले किसानका समस्या समाधानका नीतिगत रुपमा समेत काम गर्ने उल्लेख गर्नु भयो । किसानलाई राहत हुने…
सरकारले उखुको मूल्य तोकेको छ, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
आर्थिक परिवेश४ माघ, काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिए । गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले…
सरकारले ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने
आर्थिक परिवेशमाघ ३,काठमाण्डौ । मुलुकमा कृषि उत्पादन बढाउन सरकारले ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । दशक घोषणा सम्बन्धी प्रस्तावलाई कृर्षि मनत्रालयले अघि बढाएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले मंगलवार मन्त्रालयमा कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णयमा हस्ताक्षर गर्नु भएको छ । कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले दशबर्षै कार्यक्रम अभियानको रुपमा अघि बढाउन कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०÷०८१ देखि २०८९÷९० सम्म सञ्चालन हुनेछ । त्यस्तै मन्त्री साहले कृषि तथा पशु बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी…
सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार कृषि मन्त्रालयले अन्य सम्वद्ध निकायहरुको समेत सहभागितामा साताव्यपी रुपमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत…
गण्डकी प्रदेशमा सुन्तला उत्पादनमा १० प्रतिशतले बढ्ने, करिव ३ अर्बको उत्पादन
आर्थिक परिवेशपोखरा । गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताउनुभयो । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक…